अपडेट 
२०७९ चैत्र १३, सोमबार ०७:३३

अमेरिकासंगको व्यापार युद्ध होस, कोरोनाको उद्गामस्थल, सस्तो सामान होस, भारत लगायतका छिमेकीहरुसितको सिमाना विवाद अथवा भूराजनितिक कारणले होस, चीन सधै चर्चामा नै रहन्छ । विगत एक डेढ दशकसम्म आर्थिक प्रगतिका कारणमा पनि यो चर्चामा रहेको थियो अब त चीनको उच्च वृद्धिको युग समाप्त भई रहेको चर्चामा पनि व्याप्क छ । विगत केही समययता देखि चीन सर्वाधिक चर्चामा रहनुको एउटा प्रमुख कारण यस देशका अर्बपतिहरु धमाधम गायब हुनु हो । सी चिनपिँङ्गग लगातार तेस्रो कार्यकालका लागी चीनको राष्ट्रपतिमा चुनिएका हुन् । उनै सी शासनसत्ता सम्हालोयता अर्बपति हराउने घटना घटी रहेका बिबिसी समाचारमा उल्लेख छ । यसरी चीनमा गायब हुने सूचीमा उद्योगपति कारोबारी कलाकार र पत्रकार आदि हुन्।

पहिल्लो समय हराइ रहेका अर्वपति बाओ फयान हुन् । केही समय अघि ई–क्रमश कम्पनी अलिबाबाका संस्थापक अर्बपति ज्याकामा पनि अचानक गायब भएका थिए । आइटी उद्योगका सम्झौताकर्ता फ्यानागत महिना देखी हराएको खबर अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन् । उनी हराएसंगै फेरि एकपटक विश्वर समुदायले चासो दिएको छ । चाइना रिनेन्सा होलिङ्गिसका संस्थापक बाओलाई चीनमा प्रविधी क्षेत्रका दिग्गदजका रुपमा हेरिन्छ । उनले यो कम्पनी सन् २००५ मा सुरु गरेका थिए । केही सातायता बाओवारे केही यकिन नभएपछि उनको कम्पनी रिनेन्साले हङकङ स्टक एक्सचेन्जलाई यसवारे जानकारी दिएको थियो। कम्पनीका अनुसार निकै कोसिस गर्दा पनि बाओयासंग सम्पर्क हुन सकिरहेको छैन । उनी हराएको खबर बाहिर आएसंगै कम्पनीको शेयरमा ५० प्रतिशत सम्मको गिरावट आएको थियो । चीनमा भ्रष्टाचार विरुद्धमा छानविन चलिरहेको छ । यसले चीनको सात खर्ब डलर भन्दा बढीको आर्थिक सेक्टरलाई ठूलो झटका लागेको छ । चीनमा अर्बपति हराउने घटना एकपछिअर्को गरी बढदै गएको छ । यसको प्रमुख कारण हो, सरकारको आलोचना बीबिसी समाचार अनुसार जसले चीन सरकारको आलोचना गर्छ, ऊ हराउदैछ । पछिल्लो दिनमा रेन हिकियाङ्गले चीनियाँ राष्ट्रपति सीको आलोचना गरेका थिए । त्यसको केही दिनपछि उनि हराए पछि उनलाई १८ वर्षको सजाय सुनाइयो ।

यस्तै सन् २०१५ मा कोसुन इन्टरनेशनल ग्रुपका अध्यक्ष अर्बपति गुआङयाङ पनि यसै गरी हराए उनलाई चीनको “बारेन बफेट” भनिन्थ्यो, भने पश्चिममा उनलाई इङ्गलिश प्रिमियरलिङ्ग फुटबल क्लब बोल्भर हयाम्पटन वन्डसर्सको स्वामीकर्ता भनेर चिन्थे । सो बर्षमा मात्रै कम्तिमा पाँच अधिकारी सम्पर्कविहिन बनेका थिए । त्यसको दुई बर्ष पछि अर्थात सन् २०१७ मा चिनियाँ मुलका क्यानेडियन उधोगपति जिआओ जिन्हुवा हङकङको एक होटेलमा पक्राउ परे । उनी चिनका धनाढय मध्ये एक थिए, जसलाई भ्रष्टचारको आरोपमा जेल सजाय दिइएको थियो । अर्का अर्बपति ज्याक माले पनि चीन सरकारले कारोबारमा प्रतिबन्ध लगाएको आरोप लगाएका थिए । उनले सरकारको खुलेआम आलोचना गरेका थिए। त्यसपछि उनी पनि रेन र गुओझै हराए । चीनको हाई प्रोफाइल अर्बपति मध्ये एक हुन, ज्याक उनी हराएसँगै फाईनान्सियल टेक्नोोलोजीको लोकप्रिय एन्ट ग्रुपको सेयर सूचिकरणलाई रोक्नु प¥यो । सामान्य समृद्धि कोषमा ९० अर्ब डलर दान गरेपछि उनी दुई वर्षयता चीनमा देखिएका छैनन, न उनी माथी कुनै अपराधको आरोप नै लगाइएको छ । ज्याक, पहिल्लो पटक कहाँ देखिएका थिए भन्ने पनि स्पष्ट छैन यद्यपि हालसालै मात्र जापान, थाइलैण्ड र अस्ट्रेलियामा देखिएको विषय चर्चामा आईरहेको छ । चीन सरकारले भने देशका केही धनाणयमाथी गरिएको छानविन र कारवाही विशुद्ध रुपमा कानूनी भएको बताएको छ ।

साथै भ्रष्टाचारलाई जरैदेखी उन्मुलन गर्ने संकल्प लिएको उसको भनाई छ । तर चीनमा त भ्रष्टाचार गर्ने कोही आँट नै गर्न सक्दैनन भन्ने भास्य स्थापित भएको छ यस्तोमा बेईजिगले यस्तो कारवाही गर्ने अवस्था दर्शकैको पृष्ठभूमि पछि कसरी सम्भव भएका होला ? चीनमा लाखौ माथि भ्रष्टाचारको छानविन भईरहेको छ । सेनाका जवान, सरकारी कर्मचारी र उद्योगपति लगायत थुप्रैलाई सजाय दिएको छ । सन् २०१७ सम्म भ्रष्टाचारको मुद्दामा दुई लाख दश हजार भन्दा बढीलाई सजाय दिएको थियो । पछिल्लो समय बाओमाथी कसले छानविन गरिरहेको यकिन छैन ? चीनमा एक किसिमले आतङ्क नै मचेको अवस्था छ । सन् २००८ देखी २००९ मा अधिकांश विश्व ठूलो आर्थिक मन्दीवाट गुज्रिरहेको अवस्थामा पनि चिनमा अर्थतन्त्र भन्ने खासै प्रभावित भएको थिएन । चीनले ठुलो परिमाणमा सरकारी खर्च गरेर देशको अर्थतन्त्रलाई विश्वभव्यापी आर्थिक संकटवाट जोगाउन सफल भएको थियो । वर्तमान अवस्थामा युक्रेनमाथीको रुसी आक्रमण र तीन वर्ष देखी चलिरहेको माहामारीका कारण विश्व पूनः मन्दीको नजिक धकेली रहदा चीन भने आर्थिक रुपले सहयोग गर्ने अवस्थामा रहेको देखिदैन । गत वर्ष चीनको अर्थतन्त्र तीन प्रतिशतले मात्रै विस्तार भयो । यो वर्षको पहिलो तीन महिनामा पनि चीनको वृद्धि सुस्त रहने प्रक्षेपण गरिएको छ । पहिलेकै जस्तै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अवस्थामा यो रहेको छैन । जवकि सन् १९७८ को आर्थिक सुधारपछि बैइजिगले ओसत १० प्रतिशतको वृद्धि हासिल गरेको थियो । विश्वकको दोस्रो ठूलो अर्थतन्त्रमा महामारी सुरु हुनु अघिनै उतार चढाव देखिन थालेको थियो ।

सन् २०२० मा अर्थतन्त्रमा देखिएको सकारात्मक सुधाले केही आशा बढाएको थियो तर शुन्य कोभिड १९ निम्ति अन्तरगत पटक–पटकको कठोर लकडाउन र ठूला व्यवसायी माथीको पकडले लगानीकर्ताहरुले विश्वा्स गुमाए । देशको जनसंख्या ६० वर्षमा पहिलो पटक घट्यो, जुन तथ्याङ्कले अर्थतन्त्रलाई आवश्यक सक्रिय जनशक्ति माथी नै प्रश्न चिन्ह खडा गरेको छ । चिनको दोहोरो अंकको वृद्धिको युग लगभग समाप्त भईसकेको छ । उसले न्यून वा मध्यस्तरको वृद्धि गर्ने सम्भावना कायम छ । जिडिपिको तथ्याङ्कले चिनियाँ अर्थतन्त्रको केही कमजोरीलाई केही वर्ष देखि ढाकिदिएको कार्नेगी, एण्डामेण्ट फर इन्टरनेशनल पि का वरिष्ठ फेलो माइकल पेटिसका अनुसार चीनको जिडिपी वृद्धिको हिसाबमा उच्च वृद्धिको युग अहिले समाप्त भएको देखिए पनि उत्पादनशिल लगानीको हिसावले १०–१५ वर्ष अघि नै समाप्त भइरहेको थियो । अवको वर्षहरुमा चीनको विकास दर दुई देखि पाँच प्रतिशतको वीचमा रहने अनुमान अधिकांश अर्थशास्त्रीको रहेको छ । चीनले विशिष्टर जन साख्यिकी तथा आर्थिक स्थितिको बलमा हालैको दशकमा जुन अभुतपूर्व आर्थिक हासिल गरेको थियो, त्यो परिस्थिति अब हराउँदै गएको छ । चीनको न्युन लागतको औँधोगिक आधारको इन्धन बनेको विशाल श्रम आधार बढ्दो बुढ्यौली जनसख्यासंगै तीव्र रुपमा संकुचित हुँदैछ । अब चीनमा पनि श्रम महंगो हुँदै गएको कारण बहुराष्ट्रैय कम्पनीहरुले यही समयमा चीन भित्र निर्माण संयन्त्र भारत मलेसिया भियतनाम जस्ता एसियाली मुलुकमा स्थानातन्तरण गर्न थालेका छन् । विगतमा घर–जग्गा, ब्यवसाय र पूर्वाधार माथिको विशाल लगानीले पनि चीनको विकासमा योगदानहरु गर्दै आएको थियो तर त्यो पनि चरम विन्दुसम्मा पुगि सकेको छ तर ति क्षेत्र माथि गरिएको लगानीको न्युन प्रतिफल आउने गरेका कारण पनि चीन सामु गम्भिर समस्या उत्पन्न भएको छ ।

चीनमा कुल गार्हस्थ उत्पादनमा घरायसी खर्चको हिस्सा् सन् २०२१ को अन्तयसम्म ३८ प्रतिशत मात्र छ । यो विश्वाब्यापी औसत ६३ प्रतिशत भन्दो उल्लेखय कम हो । आजको दिनमा चीन विश्वमका प्रमुख अर्थतन्त्रहरु मध्ये सबैभन्दा कमजोर उपभोग स्तर भएको मुलुक हो । घरेलु उपभोग्यलाई उल्लेखय बृद्धि गर्न नसक्ने हो भने बृद्धिदर बढीमा दुई–तीन प्रतिशतको हाराहारीमा रहने विश्लेशण पेटसको रहेको छ । चिनियाँ विकास इन्जिन सुस्त हुनुले उसमाथि ठुलो असर पार्ने छ । भारत र दक्षिण पुर्व एसिया जस्ता कम बृद्धीदर रहेको बजार तर्फ विश्वको आकर्षक बढ्ने सक्ने छ । आर्थिक मन्दीले भु–राजनीतिक शक्ति सन्तुलनलाई पनि असर पार्नेछ । चीनले आगामी दशकमा अमेरिकालाई आर्थिक रुपमा उछिन्ने सम्भावना देखिदैंन । चिनको गौरव मानिएको चाईना रेल्वे र चाइना एयरवेज पनि घाटामा चलिरहेको छ । रियलस्टेचट कम्पनी एभरग्रैण्डा माथि आएको यो वित्तिय संकट सामान्य होईन । सन् २०००–२०२० को अवधिमा चीनको सबैभन्दा बढी आर्थिक बृद्धिदर राष्ट्रपति जिन्ताओको दश वर्षे कार्यकाल (सन् २००२–२०१२) मा थियो । त्यतिबेला चिनिया आर्थिक बृद्धिदर १४ प्रतिशतले उचाई छोएको थियो । तर सी चिनपिज राष्ट्रपति भएपछि यो बृद्धिदर २ प्रतिशत सम्मेको विन्दुमा आईपुगेको देखियो । चिनिया राष्ट्रपति सि जिनपिंगको आर्थिक परियोजना विआरआई अन्तरगत लगानी गरिएका खर्बौ डलर समयमै फिर्ता आउने सम्भावना देखिदैन । चिनिया राष्ट्रपती तेस्रो पटक देशको नेतृत्व हात पार्न सफल भएका छन् तर खस्क्दिो आर्थिक अवस्था र देशका चर्चित उधोगपतिहरु पलायन भइरहने अवस्था उत्पन्न भए यसको विश्वै आर्थिक शक्ति बन्ने सपना पुरा हुने छैन ।

Comment


Related News

Latest News

Trending News