अपडेट 
२०७९ चैत्र १३, सोमबार ०७:५७

वीरगञ्जको आदर्शनगर स्थित स्वीटमार्ट फ्रुट प्रालिमा आइतबार दिउँसो छापा मारिएको छ ।

जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि प्रहरी लगायतको टोलि लिएर वाणिज्य कार्यालय पर्साले स्वीट मार्ट फ्रुट प्रा.लि.मा छापामारिएको छ । वीरगञ्जका उद्योगी शंकर मित्तलले ठाकुराराम बहुमुखी क्याम्पस पछाडि संचलन गर्दै आएको उक्त उद्योगमा गरिएको छापामारीमा त्यहा उत्पादन हुने च्युङ्गमको गुणस्तरीयता, आयात गरिएको समानको कारजपत्र लगायतका चेकजांच गरिएको थियो ।

उद्योगले म्याद सकिएको च्वीङ्गमलाई पुनः नयाँ मिति हालेर बजारमा सप्लाई गरिरहेको सूचनाको आधारमा आफूहरुले छापामारी गरेको बाणिज्य कार्यालयका निमित प्रमुख सुरेश रेग्मीले जानकारी दिए । उनले भने–‘च्वीङ्गममा अखाद्य वस्तु मिसावट गर्ने उत्पादन भइरहेको उजुरी परेको थियो, त्यही विशेष सूचनाको आधारमा उद्योगमा चेकजाँच गरिएको छ ।’

Comment


Related News

Latest News

Trending News