नेपाली कांग्रेसका उपसभापति एवम पुर्व मन्त्री पुर्ण बहादुर खडकाले समाजसेवी ओम प्रकाश रुगंटा जिवनमा पुरा गर्न नसकेको सोचेको अधुरो सपना उनका सुपुत्रहरुले पुरा गर्नु पर्ने कुरा बताएका छन ।
वीरगन्जमा आयोजित वीरगन्ज उधोग बाणिज्य संघका भूतपुर्व सभापति ओमप्रकार रुगटाको श्रद्धाञ्जली सभामा बोल्दै उपसभापति खडकाले यस्तो कुरा बताएका हुन । श्रद्धाञ्जली सभामा बोल्दै उपसभापति खडकाले उधोगपति रुगंटा सभ्य र सुस्ंकृत एक कुसल समाजसेवी रहको बताउदै उनले जिवनमा सोचेको समाजिक अधुरो र अपुरोध सपनाहरु उनका उतराधीकारी छोराहरुले पुरा गर्दा नै उनी प्रतिकिो सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।नेता खडकाले ओम प्रकाश रुगंटा सुरु देखि प्रजातान्त्रिक बिचार धाराको व्यक्ति भएको बताउदै उहा पुरानो बिपिबादी चिन्तन भएको नेपाली कांग्रेस सदस्य समेत रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पञ्चायती व्यवस्था प्रतिबन्धित समयमा पनि ओमप्रकाश रुग नेपाली कांग्रेसप्रतिको सक्रिय समर्थक रहेको बताउनु भयो ।समाजसेवी रुगंटा अत्यन्त भद्र व्यतित्व भएको बताउदै नेता रिजालले उनी सधै नेपाली कांग्रेस ,प्रजातन्त्र र बिपिबाद प्रतिसर्मपित रहनु भएको बताए ।
नेपाल कांग्रेस पर्साले आयोजना गरको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कि,पुर्वमन्त्री एवम केन्द्रिय सदस्य आजय चौरसिया ,पुर्वमन्त्री सुरेन्द्र चोधरी,पुर्वमन्त्री उमेशराज श्रेष्ट,बागमती प्रदेश सभापति इन्द्रबाणिया लगायतका नेताहरुले समाजसेवी एवम नेपाली कांग्रेसका आजिवन सदस्य ओभ प्रकाश रुगंटाले जिवनमा पार्टी प्रति दिएको योगदानको चर्चा गर्दै उनी प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गरेका थिए ।कार्यक्रमको अन्तयमा सविधान सभा सदस्य एवम उनका माहिला छोरा अनिल रुगंटाले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

