२०७९ चैत्र १४, मंगलवार १०:१७

भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

भारतीय सञ्चारमाध्यमकानुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरिसकेको छ।

लोकसभाको सांसद सुची रहेको वेबसाइटबाट नाम हटाउँदै राहुल निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषित गरिएको छ। गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारी सुरु गरेको छ ।

कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको छ। यद्यपि उनले एक महिनाभित्र माथिल्लो अदालतमा पुनरवेदन गर्न पाउनेछन्।

Comment

Related News

Latest News

Trending News