अपडेट 
२०७९ चैत्र १६, बिहीबार ०७:५०

यही चैत १७ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित बनाउन मधेश प्रदेशको शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले जोड दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै एसईईको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए । मधेशमा एसईई परीक्षालाई मर्यादित, भयरहित र अनुशासित बनाउनका लागि सरकारले हरसम्भव प्रयास गर्ने उनले बताए । परीक्षालाई स्वच्छ र सफल रुपमा सम्पन्न गराउन ८ वटै जिल्लाका शिक्षा समन्वय इकाईका प्रमुखहरु, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुसँग समन्वय, छलफल तथा आवश्यक निर्देशन दिइएको उनले प्रष्ट पारे । मधेशमा यसअघि अमर्यादित परीक्षा हुने क्रम बढ्दै गएको तर्फ संकेत गर्दै मन्त्री यादवले यस पटक यो परिपाटी चिरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेशमा २ सय ७९ परीक्षा केन्द्रबाट कुल ७९ हजार ९४ परीक्षार्थीहरु सहभागी हुनेछन् । मधेश सरकारले परीक्षालाई मर्यादित बनाउनका लागि ७ हजार ५ सय ७९ कर्मचारी र सोही संख्यामा सुरक्षाकर्मी समेत परिचालन गर्ने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News