अपडेट 
२०७९ चैत्र १६, बिहीबार ११:४७

आज सुनको मूल्य घटेको छ ।

बुधबार १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार,  तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजाबी सुन बुधबार १ लाख ८ हजार रुपैयाँ कायम गरिएको थियो ।

चाँदीको मूल्य भने वृद्धि भएको छ । बुधबार १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News