अपडेट 
२०७९ चैत्र १९, आईतवार ०७:५१

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्वर २ नेपाल भरिनै चर्चाको विषय थियो । मधेशका मसिहा भनेर चिन्हिने जनता समाजवादी पार्टी (जसपा) र सीके राउत निर्वाचनमा आमने सामने थिए । उपेन्द्र त्यो निर्वाचन क्षेत्रवाट विजयी भएका कारण त्यो क्षेत्रमा उनको दाबी थियो भने सीके राउतको आफ्नो पैत्रिक गाउँ महदेवा सो क्षेत्रमा पर्ने भएका कारण आपूm त्यो क्षेत्रबाट निर्वाचनमा भाग लिने अडानका कारण दुबै जना सो निर्वाचनमा भाग लिए र अन्ततः उपेन्द्रलाई राउतले पराजित गरे ।

उपेन्द्रको पराजयमा त्यो क्षेत्रका जनताका साथ साथै बाहिरी र भित्रि चलखेल पनि रहेको जानकारहरु दाबी गर्दै आएका छन् । उपेन्द्रको बुझसुझले मधेशमा जसपाले सरकारको नेतृत्व गरिरहेका छन् भने उपराष्ट्रपतिमा पनि जसपाका रामसहाय यादवले बाजि मार्न सफल भए । उपेन्द्रको अडान, बुद्धिमता र जालझेलकै कारण मधेशले तीनवटा उपराष्ट्रपति मध्ये दुई पटक पाए । डा. रामवरण यादव पहिलो पटक राष्ट्रपति बन्दा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए जसको पुरा श्रेय उपेन्द्रमाथिनै जान्छन् भने अहिले तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुँदा तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुमा पनि उपेन्द्रकै योगदान रहेको भूल्न सकिँदैन् । उपेन्द्रले सके जति मधेशकै लागि आफ्नो समय व्यतीत गरेका छन् । हुन सक्छ समय परिस्थितिले साथ नदिएकै कारण उनीमाथि सत्ता भत्ता र पद लोलुप——ताको आरोप लाग्दै आएको छ तर, उपेन्द्रले सदन र सडकमा लडेको लडाइले मधेशी आज आफ् नो शिर उठाएर मधेशी हुँ भनेर गर्वका साथ बोल्न हिच्किचाउँदैन् । गैर मधेशवादी चिन्तन भएका दलहरुलाई उपेन्द्र, महन्थ, राजेन्द्र लगायतका नेताहरु सधैभरि खटकि रहे । यिनीहरुलाई कसरी समाप्त पार्न सकिन्छ त्यस तिर उनीहरु लागि रहे ।

पटक पटक सफल पनि भए तर, उनीहरुको त्यो खुशी भने लामो समयसम्म रहेन् । कारण पटक पटक पार्टीहरु एकीकरण हुनुले विगत १७ बर्षदेखि उपेन्द्र, महन्थ र राजेन्द्र यिनीहरुको टाउको दुखाइ बनेको छ । त्यसमा पनि उपेन्द्र र राजेन्द्रको सदन भित्रको गर्जनले गैर मधेशवादी दलहरुको टाउको दुखाइ बनेको छ । आज सदनमा नत उपेन्द्रनै छ नत राजेन्द्रनै । आज भन्नु पर्ने हो भने उनीहरु आफ्नो षडयन्त्रमा सफल भएका छन् । उपेन्द्र सप्तरी दुईबाट पराजित भएपछि सबैभन्दा खुशी भनेको उनीहरुनै भएका थिए । राजेन्द्रको सन्दर्भमा पनि त्यस्तै थियो । महन्थको जित वा हारवाट ठ्याक्कै उनीहरुलाई त्यति मतलब हुँदैन् कारण उनी सदनमा रहँदा नरहँदा उनीहरुलाई त्यति मतलब हुँदैन् । शेरको गर्जन त उपेन्द्र र राजेन्द्रकै थियो । कुनैबेला सदनमा उपेन्द्र सदनमा मधेशका कुरा उठाइ रहँदा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण हुँदा उनलाई गाली दिने आपूmलाई गोरा भन्नेहरुको खुशीको सीमा आज छैन् । त्यो सदनमा गैर मधेशवादीले भाषण गर्दा कोमेन्टमा तालीदेखि लिएर सुझावसम्म दिनेहरु उपेन्द्रको समय आउने बित्तिकै तालीको त कुरै छोडौ गाली मात्रै दिने गरेको देखिने गरिएको थियो । यसको मतलब् यो हुँदैन् कि उपेन्द्रसंग उनको व्यक्तिगत द्वेष, रिस होला । उ

पेन्द्रलाई गाली दिनुको एउटै कारण थियो उनी सबै कुरामा मधेश गरी रहेका थिए । आज गाली दिनेहरुको रोजगारी धरापमा छन् । उनीहरुको घरमा आज चुल्हो बल्ने समस्या भएको छ त्यसका कारण पनि उपेन्द्रले बारा २ बाट निर्वाचित हुनु जरुरी छ । उपेन्द्रको गर्जन र मधेशवादलाई स्थापित गर्न, मधेशका मुद्दा सम्बोधन गराउन र आफ्नै मुलुकमा गैर नागरिक सरह बसोबास गर्दै आइ रहेकाहरुलाई नागरिकको सम्मान दिनका लागि उनी सदनमा हुनु जरुरी छ । उपेन्द्रले विगतमा मधेशका लागि गरेको योगदानलेनै उनी आज गैर मधेशीहरुको दुश्मन भएको छ । मधेश नगरेको भए वा गैर मधेशवादी दलमा भएको भए उनी पनि लालबाबु राउत, विमलेन्द्र निधि, रघुवीर महासेठ लगायतका नेताहरु जस्तै वाह वाही पाउने थिए । उनीसंग व्यक्तिगत रिस राग कसैसंग होला तर, रिस राग राख्नेहरु भन्दा बढी भन्नु पर्दा एउटा जमातनै उनी विरुद्ध लाग्नुले उनी गलत हो भन्नु पनि दुर्भाग्य होला । उपेन्द्र विजयी भएपछि एउटा ठूलो जमातमा हर्षको माहौल बन्ने छ जसले मधेशी जनतालाई खुशी हुनुपर्ने अवस्था आउनेछ । उपेन्द्रको तुलना सीके राउतले माओवादी केन्द्रवाट पार्टी प्रवेश गराएर टिकट दिएका शिवचन्द्र कुशवाहालाई गर्नु न्यायोचित नहोला । उपेन्द्रको सदनसम्मको बाटो प्रशस्त गर्न जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि भूमिका खेल्नुपर्ने देखिन्छ । तर, उनको भडकाव भाषणका कारण त्यस क्षेत्रको माहोल भने बिग्रन सक्ने देखिन्छ । बारालाई उपेन्द्र एक्कै चोटी दुई दुई वटा उपहार दिएर गुण लगाएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री र नेपालका उपराष्ट्रपति ।

यी दुई पद यस्ता छन् कि नत सरोजकुमार यादवले सोचेका थिए कि म मधेश प्रदेशका मुख्यमन्त्री बन्छु नत रामसहाय यादवलेनै सोचेका थिए कि म उपराष्ट्रपति बन्छु । तर उपेन्द्रको मास्टरमाइण्डले यी दुवैले नसोचेका पद पाए । उपेन्द्रलाई सप्तरी दुईका जनताले रुचाएन तर विकास निर्माणदेखि लिएर विश्व विद्यालय र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्याएको बिर्सनु पर्दैन् । उपेन्द्रले गजेन्द्र नारायण सिंह अस्पताल, औद्योगिक करिडोर, कृषि विश्वविद्यालय लगायतका दर्जनौ यस्ता काम गरेका छन् जसबाट जनता निकट भविष्यमा लाभान्वित हुनेछ । उनी नत भडकाव भाषण गर्दै हिडेका छन् नत जनता संग अनावश्यक वाचा गर्दै हिडेका छन् । उनलाई जे हुन सक्ने काम हुन्छ त्यो वाचा मात्रै गर्छन् र त्यसलाई उनी पूरा पनि गर्ने गरेका छन् । मधेश प्रदेशका एक मन्त्रीले मल सम्बन्धी दिएका अभिव्यक्ति पूर्ण रुपले झुठा कपोल कल्पित छन् । कारण मल सम्बन्धमा नेपाल सरकारले पनि निर्णय गरेर केही हुनेवाला छैन् । किन भने भारत सरकार बंगलादेशवाट आफ्नो जनताका लागि खरिद गर्ने गरेको मल सव्सीडिमा नेपाललाई उपलब्ध गराउँदै आएका छन्

। जसका कारण नेपाल भन्दा भारतमा मल महँगो रहने गरेका छन् । भारतमा प्रशस्त मात्रामा मल पाउने गरेका कारण नेपाल क्षेत्रका मधेशी समुदायहरु भारतवाट मल ल्याउने गरेका छन् । यस्ता यस्ता झुठा भाषण गर्नुको पछाडि लाग्नुको साटो साचो बोल्ने र साचो बाचा गर्नेको पछाडि लाग्नुनै बेस होला । भन्ने गरिन्छ हुने विरुवाको चिल्लो पात । मतलब हुने विरुवाको चिल्लो पात हुन्छ खस्रो पात भएका बिरुवा नलाग्ने भएका कारण त्यसको वस्तुस्थिति शुरुमानै पता लाग्ने गरेका छन् । जनमत पार्टीका भडकाउ भाषणको पछाडि जानु वा सस्तो लोकप्रियताको पछाडि लाग्नुको साटो मधेश र मधेशी जनतालाई शिर उठाएर बोल्न, हिडन वातावरण बनाउनेलाई रोज्नुनै उपयुक्त होला । गैर मधेशीहरुको अहिलेको हाँसोलाई रोदनमा परिणत गर्नको लागि भए पनि उपेन्द्रलाई बारा निर्वाचन क्षेत्र नम्वर २ का जनताले आफ्नो एक अमूल्य मत दिनुनै जायज होला ।

Comment


Related News

Latest News

Trending News