अपडेट 
२०७९ चैत्र २०, सोमबार ०८:३३

सरकारले रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक नखान आग्रह गरेको हो।

मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला बिरामीसँग भौतिक दूरी कायम गर्न मन्त्रालयको सुझाव छ । घरमा कसैलाई रुघाखोकी लागेको भए मास्क लगाउन सूचनामा भनिएको छ ।

यस्तै, खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्न पनि भनिएको छ ।

बेलाबेलामा साबुनपानीले सफासँग हात धुन, तातो पानी पिउन, बाफ लिन, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान र रुघाखोकी लागेका बेला घरेलु उपचार विधि अपनाउन आग्रह  गरिएको छ ।

यस्तै, सम्भव भएसम्म मौसमी फ्लुविरुद्धको खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

Comment


Related News

Latest News

Trending News