अपडेट 
२०७९ चैत्र २४, शुक्रबार ०७:४२

एसईईको अनिवार्य नेपाली विषयको परीक्षामा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानूको नाउँमा परीक्षा दिँदै पक्राउ परेका कमल साह र मेयर कानुलाई कÞानूनी दायरा ल्याइनु पर्ने माग उठ्न थालेको छ ।

जिल्लाको मौलापुर नगरपालिका–५ मा रहेको लक्ष्मिनिया मावि केन्द्रमा परीक्षालाई मर्यादित बनाउने दायित्व बोकेका मेयर नै परीक्षा अमर्यादित बनाउने कार्य गरेकाले कानूनी कारबाहीको माग सुरु भएको छ । चैत्र १७ गते देशभरि शुरू भएको एसईई परीक्षा रौतहटमा मर्यादित र शान्तिपूर्ण वातावरणमा संपन्न गराउनको लागि शिक्षा विकास समन्वय इकाइ रौतहट तथा परीक्षा व्यवस्थापन तथा सञ्चालन समिति रौतहटले सक्रियता देखाए पनि नगर प्रमुख साह लाई पक्राउ गर्न नसकेका कारण प्रहरीमाथि सर्व साधारणले आलोचना गर्न थालेका छन् । परीक्षामा परीक्षार्थीले अमर्यादित कार्य गर्दा तुरन्त नियंत्रणमा लिएर कÞानूनी कारबाही गर्ने नेपाल प्रहरीले आलटाल गरेको आरोप सर्वसाधारणहरुको रहेको छ ।

माध्यमिक विद्यालय पथरा बुधरामबाट परीक्षाको रजिष्ट्रेसन फार्म भरेका मेयर साहले अहिले नगरपालिकाका मेयरमा निर्वाचित भएपछि आफूलाई फँसाउने षडयन्त्र गरिएको भन्दै बहानाबाजी शुरू गरी अनुसन्धानको कार्यलाई प्रभावित पार्न खोजेको सर्वसाधारणहरुको ठम्याइ छ । मेयर साहले चैत्र २० गते देवाही गोनाही नगरपालिकाको लेटर पैड प्रयोग गरी आफूले परीक्षाको फार्म नभरेको भनी स्पष्टीकरण पेश गरेका थिए । विज्ञप्तिमा बिना जानकारी फँसाउने षडयन्त्र गरी पदच्यूत गराउने योजना अनुरूप षडयन्त्र गरेको जिकिर गरेका छन् । मेयरको भनाइ कुनै पनि प्रकारले सत्य भन्न सकिने अवस्था नरहेको एक जना शिक्षकले बताए । नाम नखुलाउने शर्तमा उनले मेयरमा निर्वाचित भएको ११ महिना मात्र पुगेको र फार्म भरेको करीब २ बर्ष भएकोले सत्य कुरो लुकाउने खोजेको बताए । सिम्बोल नम्बर ३५०३७२८ टी भएको प्रवेशपत्रमा मेयर साह को बुबा र आमाको नाम स्पष्ट उल्लेख हुनुको साथै परीक्षार्थीको सहीसमेत रहेको छ ।

नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका साहमाथि कÞानूनी कारबाही गराउनका लागि नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु प्रहरीमाथि दबाव सृजना गरिरहेका छन् भने मेयर कानुका समर्थकहरुले उनलाई जोगाउन लागिपरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ामगरले भने अनुसन्धानमा रहेका मेयरका ज्वाई कमल साहबाट धेरै कुरो खुलेकोले मेयरलाई छिटै हिरासतमा लिन सकिने बताएका छन् । अनुसन्धानको क्रममा अन्य कुरो खुलेकोले कÞानूनी दायरामा मेयरलाई आउनै पर्नेछन एसपी बूढ़ामगरले भने रजिस्ट्रेशनदेखि परीक्षा सम्मको प्रक्रिया छानबिन गरिने स्पष्ट पारे । मेयर साह लाई तत्काल नियंत्रणमा लिन नसकेका रौतहट प्रहरीको विरुद्ध सामाजिक संजालमासमेत तीव्र आलोचना भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News