अपडेट 
२०७९ चैत्र २४, शुक्रबार ०८:०२

मेरोमाइक्रो फाइनान्स लघुवित्त महोत्तरी पिपरा शाखाको वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वार्षिक केन्द्र गोष्ठी सम्पन्न भएको छ ।

शाखा प्रबन्धक चिरंजन कामतीको सभापतित्व एवं फाइनान्सको केन्द्रीय शाखाको अनुगमन विभाग प्रमुख माधव न्यौपानेको विशेष उपस्थितिमा बिहीबार जनकपुरधाममा गोष्ठीको आयोजना गरिएको थियो । शाखाद्वारा जारी कार्यक्रमहरुको स्तरवृद्धि र शाखाले गर्दै आएको कामलाई अझ प्रभावकारी रुपमा गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत गोष्ठीको आयोजना गरिएको शाखा प्रमुख कामतीले बताए । उनले भने,‘अहिलेको गाउँसमाजमा लघुवित्तबारे नकारात्मक धारणा व्याप्त रहेको छ, सो धारणालाई चिर्नका लागि आगामी दिनमा अझै प्रभावकारी सेवा दिने उद्देश्यले गोष्ठीको आयोजना गरिएको छ ।’ देशको ६४ वटा जिल्लामा १ सय ४९ वटा शाखा मार्फत काम गर्दै आएको जानकारी दिँदै उनले भने ,‘ हामीले एक लाख ६५ हजार ग्राहकहरुलाई सेवा दिइरहेका छौं , पिपरामा मात्रै एक यस एक युनिट मार्फत १ हजार ५ सय ९० जना ग्राहक सदस्यहरुलाई सेवा प्रदान गरिरहेका छौं ।’ लघु वचत,लघु कर्जा, बीमा र रेमिट्यान्सलगायतको कारोबार गर्दै आएको मेरोमाइक्रो फाइनान्सले ग्राहकहरुलाई स्वावलम्बी बनाउनका लागि सीपमूलक तालिम ,व्यवसायिक बनाउने उद्देश्यका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आर्थिक उन्नति कसरी गर्ने लगायतको वित्तीय साक्षरताको लागि समेत फाइनान्सले काम गर्दै आएको छ ।

गोष्ठीमा लालगढ धनुषा अनुगमन कार्यालयका अनुगमन विभाग प्रमुख कृष्ण खनाल,पिपरा गाउँपालिका–४ वडाअध्यक्ष बैदेही पासमानलगायतकोच सहभागिता रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News