अपडेट 
२०७९ चैत्र २९, बुधबार १७:१४

पछिल्लो २४ घन्टामा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, २४ घण्टामा कोरोना  संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो।

यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना सङ्क्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ । 

नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Comment


Related News

Latest News

Trending News