२०७९ चैत्र २९, बुधबार १७:४८

प्रादेशिक अस्पताल सिरहामा आगलागी भएको छ।

सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो । अस्पताल स्रोतका अनुसार विद्युत सर्ट भएर दिउँसो २ बजे आगलागी भएको हो। आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो।

बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ। सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने मिर्गौलाका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो।

Comment

Related News

Latest News

Trending News