अपडेट 
२०७९ चैत्र ३०, बिहीबार १४:४८

नयाँ शैक्षिक सत्रका लागि यो वर्ष समयमा नयाँ पाठ्यपुस्तक छपाइ सम्पन्न भएको छ।

सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइ सकिएर पनि ७ वटै प्रदेशमा पुस्तक पुर्‍याएर धमाधम बिक्रीवितरण गरिरहेको जानकारी दिए। उनका अनुसार सबै हिमाली जिल्लामा पनि पाठ्यपुस्तक पुगिसकेको छ। ‘हाम्रा सातवटै प्रादेशिक कार्यालय छन्। त्यहाँ पुस्तक पुगिसकेर पनि धमाधम बिक्रीवितरण भइरहेको छ’, उनले भने।

जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखराबाट पुस्तक विक्रीवितरण भइरहेको छ। त्यसैगरी लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाई त्यहाँबाट किताब वितरण भइरहेको उनले बताए।

हालसम्म ४७ वटा जिल्लामा पुस्तक विक्री वितरण सम्पन्न भइसकेको उनले बताए। उनका अनुसार हुम्ला, डोल्पा‚ मुगु, सिन्धुपाल्चोक,गोर्खा, धादिङ लगायत जिल्लाहरूमा पुस्तक पुगिसकेको छ।

Comment


Related News

Latest News

Trending News