२०८० बैशाख १, शुक्रबार ०७:२९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा बेथितिको डुँगुर रहेको टिप्पणी गरेका छन् ।

जनकपुरधामबाट काठमाण्डु फर्किने क्रममा विमानस्थलमा संचारकर्मीहरुसंगको कुराकानीमा उनले सो टिप्पणी गर्दै उनले भने,‘विकृतिको हद छ, यहाँ सम्म छ कि संस्थाको गाडी पनि ससुरालीको नाउँमा गइसक्यो।’ परिषदमा विकृति र विसंगतीले गाँजिदै गएको परिषदलाई हामीले अब ऐन र कानूनद्वारा परास्त गर्ने बताए । परिषदमा व्यापक भ्रष्टाचार भइरहेको गुनासो आएको भन्ने एक प्रश्नमा उनले भने,‘अहिले सम्म जे भयो भयो अब उपरान्त कुनै गुनासो सुनिएको खण्डमा कडा रुपमा प्रस्तुत हुनेछौं।’ कुरा होइन, अब काम चाहिने भन्दै उनले एक महिने र तीन महिने कार्यप्रगति विवरण उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन दिएको जानकारी दिए । सरकारले हिंडेको बाटोमा नेतृत्व र नेतृत्व हिंडेको बाटोमा संस्था हिंड्नु प¥यो भन्दै उनले अर्को लिक बनाएर हिंड्न नपाइने प्रष्ट गरे । तपाइले वृहत्तरमा भएको कमी कमजोरी ढाकछोप गर्ने प्रयास गरेको भन्ने प्रश्नमा मन्त्री किरातीले भने,‘ ढाकछोप हुँदैन,शिक्षा र विकासले चिनाउनु पर्ने यस्तो पवित्र ठाउँलाई विकृति ढाकछोप गरेर संसारमा मलाई चिनाउनु पनि छैन ।’

Comment


Related News

Latest News

Trending News