अपडेट 
२०८० बैशाख १, शुक्रबार ०७:३६

वर्षको एक दिन मात्र फुल । सुन्दा अचम्भ लाग्छ तर यो सत्य हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मधेश प्रदेशको सिरहा जिल्लाको पडरिया चौक देखि दक्षिण तर्फ रहेको एतिहासिक,प्राचिन राजा सलहेशको फुलवारीमा यस्तै फूल देख्न पाईन्छ । जुन अहिले सम्म रहस्यमय बनेको छ । एउटा नसुलझिएको रहस्य जस्तो । सलहेश फूलवारीको नाउँले प्रसिद्ध रहेको यो एतिहासिक फूलवारीमा प्रत्येक नयाँ वर्ष बैशाखको पहिलो दिन फूलवारी भित्र रहेको हारमको रुखमा सुनाखरी आकारको फूल फूल्छ र सांझपख मौलाएर जान्छ । जुन आफैमा एउटा आश्चर्य हो । यो रुख फूलवारीको मध्य भागमा रहेको राजा सलहेशको गहवर (मन्दिर ) संगै टाँसिएको सो रुखमा वर्षको पहिलो दिन एका विहानै फूल फुल्नु र सांझपख मौलाएर र जानु आफैमा एउटा रहस्य र आश्चर्य बनेको छ । माला आकारको सेतो फूलको थुगां जस्तो देखिनु र साझपख मौलाएर जानु खोजकर्ताको लागि अनौठो र रोचक विषय भएको छ । ती रुख के का हुन, कसरी यतिका दिन सम्म बाचिरहेको छ । भन्ने खोजको विषय हो । बनस्पति बिदहरु भन्छन ।

छैठो सातौ शताब्दी देखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्भको फूलबारे पुरातत्व विभागको खोजीको विषय हो , राजा सलहेश को थिए,कसरी एउटा दुसाद जातिका व्यक्ती राजा भएर र राजा सलहेशको जिवन गाथा संग सलहेश फूलवारी र वर्षको एक दिन मात्र फूल्ने फुलको बारेमा एउटा रोचक तथा सत्य घटना रहेको छ । छैठो सातौ शताब्दी तिर त्यति बेला जतिबेला मिथला भूमिको गढ महीसोता भन्ने ठाउँमा थियो । त्यो बेलाको गढ अहिले सिरहा नगरपालिका अन्तर्गत पर्दछ । त्यसबेला त्याहाका सामन्त जमिदार भैरव भुपाल सोनम र मन्दोदरीको कोखबाट एउटा इन्र्द स्वरुप बिरबालक जयबर्धन अर्थात सलहेशको जन्म भएको थियो । सानै देखि सौर्यबान,प्रखर बुद्धीका धनी र सौर्यशाली व्यक्ती थिए सलहेश । अर्थात बिरयोधा र बाहुबली भन्दा कम थिएन । सलहेशको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो, त्यसबेला उत्तरमा किराँत प्रदेश,तिब्बत र भुटान तिरबाट आर्यवर्तमा अन्न बाली, पशुहरु लुटेर लग्न बारम्बार आक्रमण हुने गदथ्यो । भोट र किराँतको आक्रमणलाई रोक्न सलहेशका बुवा भुपाल सोनमदेवले तरेगना गढ –हालको लहान बजार भन्दा ४ किमी.उत्तर तर्फ रहेको ) का राजा हिन्दुपति शम्शेर भण्डारीलाई सघाउँन गए ।

सो युद्धमा भुपाल सोनमदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेश महिसोथा गढको गढपति बने । सलहेश गढपति भएपछि कोशी देखि पश्चिम गण्डकी सम्म,उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गंगा सम्म आफनो शैन्य संगठनलाई संगठित पारेका थिए । पकडियागढकी राजकुमारी चन्द्राबतिको नौलखा हार चोरी प्रकरणमा सलहेश समातिए पछि मालिनी भन्ने सुन्दरीको सहयोगमा सलहेश जेल मुक्त भएको र सोही समय देखि सलहेश मालिनी बिच प्रेम भएको किवदन्ती रही आएको छ । राजा सलहेश दलितहरु मध्ये अति पिछिडिएका दुसाद जाति भएकोले आजपनि जहाँ जहाँ दुसाद जातिका बाहुल्य रहेका छन त्याहाँ त्याहाँ सलहेशको पूजा गर्ने परम्परा रहेको छ । राजा फुलवारीको नाउँले प्रसिद्धी पाएको सो फुलवारीमा रहेको हारमको रुखमा बैशाखको पहिलो दिन मात्र सुनाखरी आकारको फुलमाला देखा पर्छ र दिन ढल्दै जाँदा उक्त माला बिस्तारै मौलाउँदै जान्छ । त्याहा लाग्ने भर्न नेपाल भारत लगायतका देशबाट लाखौ संख्याँ धर्माबलम्बी आउँने गर्दछ । किवदन्ती अनुसार प्रत्येक वर्ष बैशाखको पहिलो दिन मालीनीले राजा सलहेशको प्रतिक्षामा फुलमाला लिएर रुखमा देखा पर्छिन । भनिन्छ साचो मनले जसले भाखल गर्छ उसको मनोकामना पुरा हुन्छ ।

मेलाको दिन जुन युवा युवती साचो मनले फुललाई साक्षी मानि प्रेम विवाह गर्छन उसको दाम्पत्य जीवन सफल हुन्छ । यो मात्र एउटा यस्तो देवता हो जसको पूजा सबै समुदायले गर्छन – वरिष्ठ पत्रकार चन्द्रदेव कामतीले राजा सलहेशको गथा संग जोडिएको धार्मिकस्थलको खोजी गरि यसको विकास तर्फ राज्यले ध्यान दिनुपर्छ । राजा सलहेशको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सलहेश गाथा गाउने परम्परा जीवीतै रहेको छ ।

Comment


Related News

Latest News

Trending News