अपडेट 
२०८० बैशाख ३, आईतवार ०७:३७

सामान्य रुपमा ललिपप भनेको एक प्रकारको मिठो चकलेट हो । जो स–साना बालबालिका औधो रुचाउने गर्छन् । किराना पसल निर पुग्ने बितिकै ललिपपका लागि रुन कराउन थाल्छन् । किराना पसलेहरु पनि प्लाष्टिकको भाडोमा बाहिरबाट नै देख्ने गरी त्यो ललिपप अगाडिमै राखेका हुन्छन् । सामान्य रुपमा पाँच रुपैयाँ मूल्यदेखि शुरु हुने ललिपप ठाउँ अनुसार महँगो हुने गरेका छन् । किराना पसलको एउटा मूल्य हुन्छ भने सपिङ्ग मलहरुमा त्यसको मूल्य फरक पर्ने गर्छन् । झन फरक फरक फ्लेवर अनुसार फरक फरक मूल्य पर्ने गरेको छ । मान्छेले आफ्नो हैसियत अनुसार आफ्नो बालबालिकालाई त्यो ललिपप खरिद गरी दिने गरेका छन् । तर, चिकित्सकका अनुसार त्यो ललिपप बालबालिकाहरुको दाँतकालागि धेरैनै खतरनाक हुन्छ । दन्त विशेषज्ञका अनुसार ललिपपले दाँतलाई यस प्रकारले नोक्सान पुर्याउछ त्यो ठाउँमा दाँत हुने सम्भावना नै हुँदैन् ।

वर्तमान राजनीतिक घटनाक्रममा पनि ललिपप जस्ता केही चकलेटहरु छन् जसले जनताको दाँत यसरी खाइ सकेका छन् त्यहाँ दाँत हुने सम्भावना कम हुँदै गएको छ । अहिले पनि समयले साथ दिन सक्छ तर, ललिपपको आदत भने त्यागनुपर्ने हुन्छ । ललिपपको आदत यस प्रकारले जनतामा लागेका छन् कि छोड्न सक्ने यो जुनीमा सम्भब छैन,् जस्तो छ । अहिले बारा निर्बाचन क्षेत्र नम्बर दुईमा समेत यस्ता ललिपप बाड्नेहरु खुल्लम खुल्ला घुमि रहेका छन् जनता पनि त्यसकै पछाडि लाग्ने देखिन्छ । मुलुकमा व्यापक राजनीतिक परिवर्तन भएको छ । प्रत्येक बर्ष केही न केही मुद्दा लिई विभिन्न ठाउँमा आन्दोलन हुने गरेका छन् तर, उपलब्धि भने २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, १० वर्षे जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट मात्रै भएको भन्न सकिन्छ । विभिन्न समयमा विभिन्न बहानामा जनतालाई सडकमा उतारेर आफ्नो हैसियत देखाउने र पछि सेटिङ्ग गरेर सरकारमा सहभागी हुने र आफ्नो रोटी सेक्ने बाहेक अरु केही देखिएको छैन् ।

मधेश आन्दोलनकै कारण आज मधेश सरकारको स्थापना भएको छ भने मधेश आन्दोलनको मुख्य एजेण्डाहरु मध्ये एक थियो संघीयता त्यो स्थापना भयो । तर, संघीयता विरोधी शक्तिहरु त्यसलाई धराशायी बनाएर कसरी आफ्नो साम्राज्य स्थापना गर्ने त्यस तिर लागेको छ । त्यसको अनुपम उदाहरण बारा निर्वाचन क्षेत्र नम्वर २ को चुनावी प्रचार प्रसारको क्रममा हेर्न सकिन्छ । गठबन्धनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई त्यस क्षेत्रबाट उम्मेदवार बनाएका छन् भने त्यसलाई हराउनका लागि एमाले र जनमत पार्टी लागेका छन् । उपेन्द्र यादव मधेशी नेताहरु र उनको उपस्थिति संसदमा चाहिन्छ । संसदमा उपेन्द्र यादव र लोसपा नेता राजेन्द्र महतोको गर्जन गैर मधेशवादी दललाई पसन्द परेको छैन् । त्यस क्षेत्रमा लोसपाले पनि उम्मेदवार दिन सक्थे । राजेन्द्र महतोकै कुरा उठेको थियो तर, उपेन्द्र यादव उम्मेदवार हुने भएपछि उनी ब्याक भएका थिए । उनको सुझबुझ यो नै थियो कि म नभए पनि उपेन्द्र आउँदा मधेशी जनताको कुरा त्यहाँ स्पष्ट राख्न सकिन्छ । तर, उपेन्द्रलाई सदन बाहिर राख्नुपर्ने एमाले लगायत गैर मधेशवादी दलका नेताहरुको मतियार बनेका जनमत पार्टीका अध्यक्ष सीके राउत र उनका नेता कार्यकर्ता उपेन्द्रकै पछि लागेका छन् । जसपा विभाजन भएर नै लोसपा बनेको थियो । कालखण्डको कुरा गर्नु भन्दा पनि बर्तमान समयलाई बुझ्नुपर्ने खाँचो देखिन्छ । सवै पार्टी पलिसी जनतालाई मुर्ख बनाउनमै व्यस्त छन् त्यसको सजाय भने उपेन्द्रलाई किन दिनुपर्यो ? उनले जनतालाई के दियो भनेर प्रश्न गर्नेहरुलाई यो नै थाहा छैन् कि उनले गरेको प्रश्न सोध्ने गरेका छन् त्यस प्रश्न गर्ने र अभिव्यक्ति उपेन्द्रले नै उनलाई दिलाएका छन् ।

त्यो भन्दा पहिला पनि धेरै आन्दोलनहरु भए । गजेन्द्र नारायण सिंहलाई मधेशी जनताले विश्वास नगरे पनि उनले गरेको बीजारोपणकै नतिजा उपेन्द्र हो । र उपेन्द्रले गरेको बीजारोपणले फलाउने फल नै मधेशी जनतालाई अधिकार सम्मत बनाउँछ त्यसमा ढुक्क भएर बस्दा हुन्छ । तर, ती प्रश्न गर्नेहरुले मधेशलाई स्वतन्त्र कहिले घोषणा गराउछ । खोइ कहाँ गयो सुगौली सन्धीका ती बुंदा जसमा स्पष्ट संग लेखिएको छ मधेश भू भाग स्वतन्त्र छ यहाँका जनता भारत वा नेपाल जहाँ बस्न चाहे बस्न पाउँछ । सीके राउतले उठाएका यी मुद्दा कहाँ गायब भयो ? भर्खरै मधेश प्रदेश सरकारमा रहेका डा. राउत नेतृत्वका जनमत पार्टीका एक मन्त्रीले मधेश सरकारले मल किन्न पैसा प्रस्ताव गरेको भनेर पत्रकार सम्मेलन गरेर नै जानकारी दिएका थिए । तर, के त्यो मन्त्रिपरिषद्बाट निर्णय भएको हो ? एउटा मन्त्रीको अश्लील हर्कत भएको भिडियो सार्वजनिक भयो के पार्टी भित्र त्यो विषयले बहस पायो ? कति आश्वासन बाँड्ने र ललिपप खुवाउने ? बच्चा जसरी ललिपपका लागि मरिहत्ते गर्छन् त्यस्तै संघीय निर्वाचन सम्पन्न भएको एक दुई दिन नवित्दै रवि लामिछानेको रास्वपा र जनमत पार्टी सरकारमा सहभागी हुन काठमाण्डु पुगेका थिए । दुवै पार्टीले आ–आफ्नो इच्छा बमोजिमको मन्त्रालय पाए । पछि खानेपानी मन्त्री अव्दुल खानको भिडियो बाहिरिएपछि उनलाई मन्त्रीबाट फिर्ता बोलाएका थिए तर, ललिपप के बाडियो भने खानेपानी मन्त्रालय जनताको पायक पर्ने मन्त्रालय नभएका कारण हामी मन्त्रालय छाड्यौं ? जनताको लागि काम गर्ने मन्त्रालय नै चाहियो हो भने खानेपानी मन्त्रालयबाट पनि धेरै काम गर्न सकिन्छ ।

अहिलेको डाटा हेर्ने हो भने कति प्रतिशत जनता शुद्ध खानेपानी पाएका छन् ? शायद यसको डाटा उनीहरु संग छैन् होला । मधेश प्रदेश सरकारमा कृषि मन्त्रालय लिएकै छ तर अहिले सम्म के प्रभावकारी काम गर्न सक्या छ । उपभोक्ता समिति र एनजीओ हरु संगको कुराकानी मिलाउनमै व्यस्त छन् । हुन्छन् पनि इन्जिनियरलाई मन्त्री बनाएका छन् । उनलाई कृषिको बारेमा कति जानकारी छ । उनलाई धानको बीउ छर्कने महिना पनि थाहा छ ? के कुन महिनामा कुन तरकारी रोप्दा कुन महिनामा फल्छ त्यसको बारेमा केही थाहा छ ? छैन् किन भने मन्त्री जी संग खेत त होला तर, खेतमा काम गर्दा इन्जिनिर जस्तो गरिमामा आँच आउने छन् भनेर नगएको होला । अश्लील हर्कतको भिडियो सार्वजनिक गरेका अव्दुल खानले मधेशका जनताको लागि खानेपानीको व्यवस्थापन गर्न सक्थे । गर्मी बढे संगै तराई मधेशमा खानेपानीको समस्या हुन्छ तर, त्यो समस्या उनलाई थाहाँ छैन् किन भने घरमा वाटरप्युरी फायर लागेको होला । नोकर चाकर र आलिशान जीवन जिउनेहरुलाई जनताको समस्या के थाहा ? कृषि मन्त्रालयले मात्रै जनताको काम हुन सक्छ भनेर भ्रम फिजाउने र जनतालाई ठूल ठूला सपनाको ललिपप चटाउन चाहनेहरुको ललिपपको एक्सपायरी डेट सकि सकेको छ । कुनै पनि खाने बस्तुको एक्सपायरी डेट खास गरेर चक्लेट लगायत गुलियो बस्तुको ६ महिना हुन्छ र त्यो समय वित्न लागेको छ । जनताको अधिकारका लागि आन्दोलन गरेकालाई रोज्ने कि ललिपप बाँड्नेलाई बाराका जनताले एक पटक विचार गर्नै पर्छ ।

Comment


Related News

Latest News

Trending News