अपडेट 
२०८० बैशाख ८, शुक्रबार १६:५०

एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए । उनले ६४ बलमा १०८ रन बनाए । त्यसैगरी, सोमपाल कामीले ६३ रन बनाए । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमन ४६ ओभर ३ बलमा २२६ रनमा समेटियो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए ।

Comment


Related News

Latest News

Trending News