२०८० बैशाख ८, शुक्रबार १८:१५

कतार प्रहरीमा जागिरको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार प्रहरीमा भर्ना गराइदिन्छु भनी १८ जना व्यक्तिहरू मार्फत् ६३ लाख रुपैयाँ ठगी गर्ने सप्तरीकाे कञ्चनपुर गा.पा. –४ घर भई हाल काठमाण्डौको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल पक्राउ परेका हुन् ।

उनले प्रत्येक व्यक्तिबाट सात लाख रुपैयाँ लिएर फरार भएको भन्दै वैदेशिक रोजगार विभागले पक्राउ गर्न काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखालाई पत्राचार गरेको थियो । शाखाबाट खटिएको प्रहरी टोलीले हिजो झापाकाे भद्रपुरबाट पक्राउ गरेको हो । उनलाई अहिले थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग पठाइएको अपराध अनुसन्धान शाखाले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News