२०८० बैशाख ९, शनिबार ०७:२४

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र (रमजान)को अवसरमा शुभकामना सन्देश दिएका छन् ।

मुख्यमन्त्री सचिवालयद्वारा शुक्रबार जारी गरिएको शुभकामना सन्देशमा रमजानमा एक महिनाको कठोर व्रतपछि मनाइने महान पर्व ईद–उल– फित्रको उपलक्ष्यमा मधेश प्रदे शसहित देशका सम्पूर्ण मुस्लिम दाजुभाई,दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु उल्लेख छ । प्रेम र भाईचाराको प्रतीक यो अनुकरणीय पर्व ईद मनाइराख्दा हरेक चाहना पूरा होस्,हरेक दुआ कबूल होस्,परिवारमा सुख, शान्ति, खुशियाली छाओस्,भातृत्व र सद्भाव बढाउने यो पर्वले समृद्धिको थप बाटो खोलोस् भन्ने शुभकामना सन्देश दिँदै ईद मुबारक व्यक्त गरिएको छ ।

Comment


Related News

Latest News

Trending News