अपडेट 
२०८० बैशाख ११, सोमबार १६:४४

नेपालमा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १८१० नमुना परीक्षण गर्दा ११३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

७६६ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र १०४४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर संक्रमितको संख्या ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २९ जना संक्रमतिको संस्थागत आईसोलेसनमा, ४ आईसीयूमा र एक जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News