अपडेट 
२०८० बैशाख १४, बिहीबार १७:३४

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण देखिएको हो । मन्त्रालयले कोरोना सक्रिय सङ्क्रमितको संख्या ३७८ पुगेको जनाएको छ । 

त्यस्तै, बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिहीबार ६० जना संक्रमण मुक्त भएका छन् ।

Comment


Related News

Latest News

Trending News