अपडेट 
२०८० बैशाख १४, बिहीबार १९:५३

लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।  मुख्यमन्त्री चौधरीले शुक्रबार शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । 

Comment


Related News

Latest News

Trending News