अपडेट 
२०८० बैशाख १५, शुक्रबार ०७:३९

ॐ श्री राभ्यां नमः
।। श्रीयः श्रीयै श्री सीतायै नमः ।।
श्रीमते रामचन्द्राय नमः । श्रीमते हनुमते नमः।।

यसपालि बैशाख १६ गते शुकल नवमि परेको छ। सीता नवमी। श्री जानकी जंयती वा भनौं मिथिलेश राज कुमारीको जन्मोत्सव –प्रकाटत्स्वोभ विभिन्न नाउँले यस दिनलाई विषेश दिनको रुपमा सम्बोधन गर्ने गरिन्छ। पौराणिक धार्मिक ग्रन्थहरुमा यिनको अनेकौं अलौकिकता महिमाहरु गाइएकोछ, आराधना गरिएको छ। शक्ति स्वरुपा भनिएको छ। गोस्वामि तुलसीदासजिले सीताको वन्दना गर्दै उनलाई सृष्टि ,पालन र संहार गर्नेवालि , दुःखहरुलाई हर्नेवालि एवं समस्त जगतको कल्याण गर्नेवालि राम वल्लभा भनेका छन। अनेकौं ग्रन्थहरु ऋृगवेद, सीतोपनिषद, पझ्म पुराण ,अध्यात्म रामायण ,महारामायण लगायतका आदि धार्मिक शास्त्रहरुमा असुर संहारिणी, कल्याणकारि, आनन्ददायिनि, आदि शक्ति , स्थिति ,उत्पत्ति , संहारकारिणी, सर्वबेदमयि, देबमयि, लोकमयि तथा ईच्चा,कृया,, ज्ञान तिनैको संगम , जगतमाता, एकमात्र सत्य,योगमायाको साक्षात स्वरुप ,समस्त शक्तिहरुको स्रोत तथा मुक्तिदायिनि आदि भनेर आराधना गरिएको कुरा बिद्वतहरुले बताउने गरेका छ्न। क्रिया शक्ति , इच्छा शक्ति , ज्ञान शक्ति तिनै शक्तिका रुपमा प्रकट भएकि भूमि स्वरुपा आदि शक्तिको रुपमा सनातन धर्मावलम्बीहरुको पूजनिय एवं बन्दनिय रहेकि जगत जननि माते सीताको प्रकट् त्योसव भव्यताका साथ मनाऔं। यस पवित्र तिथिका दिन विश्वकै सनातन हिन्दू धर्मावलम्बीहरुले पौराणिक कालदेखि नै गरिदैं आएको परम्परालाई कायम राख्दै श्री जानकीजिको व्रत बस्ने , पूजा–पाठ ,आराधना गर्ने र सीतारामको बिधि–बिधान अनुसार पूजा गर्ने गरेका छन।

धार्मिक शास्त्रहरु अनुसार बैशाख शुक्ल नवमीकै दिन आदिशक्ति महालक्ष्मी संसारकै पवित्र तपोभूमि मिथिला क्षेत्रका भूमिबाट प्रकट भएकि हुन । जसले गर्दा यिनलाई मैथिली , मिथले पनि भनिने गरिन्छ। यसैले यिनको प्रकटत्वोसब धुमधामकासाथ हिन्दू धर्मावलम्बीहरुले मनाउने गरेका छ्न। वर्त , पूजा, आराधना ,भजन–किर्तन , प्राथना एवं जानकी स्तोत्र, रामचंद्रष्टाकम, रामचरित मानस, आदिको पाठ गरेर तथा सीताको मंगलमय नाम “ॐ श्री सीताय नमः “ “ श्री सीता–रामाय नमः को उच्चारण गर्दै जगत माता सीता र पूरुषोत्तम भगवान श्रीरामको आराधना गर्ने गरिन्छ। बिशेष गरेर सीतारामका मठ्मन्दिरहरुमा एवं वैष्णव सम्प्रदाय तथा गृहस्थ आश्रमका भक्तजनहरु यस पर्वलाई धूमधामका साथ् मनाउने गर्थे । जगत जननि माता सीताको जन्मोत्सव मिथिलाका महाराजा सिरध्वज जनकका राजधानी मिथिला नगरी जनकपुर धाममा पनि भव्यताकासाथ मनाउने गरिन्थ्यो । बिगत समयमा मिथिला क्षेत्र नै पूर्ण रुपले उतसवमय रहन्थ्यो। खासगरी मिथिलाको राजधानी जनकपुर धाममा रहेका प्रत्येक सीतारामका मठमन्दिर हरुमा विभिन्न धार्मिक कार्यक्रमहरु हुने गर्थ्यो। शोभा यात्रा निस्कने गर्थ्यो। जब लोभि पापिहरु अधिकांश मठ मन्दिरका मठाधिश एवं सञ्चाक बन्न पुगे। निजि गुठि , जातिगत गुठिहरुका मठ मन्दिरका गुम्बजहरुलाई भत्काउन थाले । मठमन्दिरका पहिचानलाई मेटाउन थालियो । रितिरिवाज, धर्म संस्कृति, परम्पराहरुलाईलाई क्रमशः रुपले सिध्याउन थाले । भगवानका अनमोल मूर्तिहरुलाई बेपत्ता पारिए। मठमन्दिरहरुलाई गृहस्थ आश्रममा परिण्त गर्न थाले।

जग्गा जमिनहरु घरसारकै कागजातमा महलहरु ठड्याउन बेचबिखन गर्न थाले । मठमन्दिर एवं तलाउहरुको शहरको रुपमा आफ्नो पहिचान कायम रहेको जनकपुर धाम अस्तित्व नै सिध्याउने कागारमा पुर्याइदैछ। यति बिध्न हुँदाहुदै देख्दा देख्दै पनि शान्त रहेका जनकपुर दाम बासि अब जुरमुराउन थालेका छन। बाँचेका मठ मन्दिरहरुलाई संरक्षण सम्बर्द्धन प्रबर्द्धन गर्न तर्फ धर्म अनुरागि नयाँ युवा पुस्ताहरु अग्रसर हुन लागेका छन । धर्म संस्कृतिको जगेर्नाको मार्गमा सानो झिल्को देखा पर्न थालेको छ। खुलेका सनातन हिन्दूवादी विभिन्न संघ संस्थाहरुमा धर्मप्रति लगाव भएकाहरू आवद्ध हुन थालेका छ्न । विभिन्न कार्यक्रमका साथ यसपाली भव्यताले जन्मजयंति जनकपुरधामले मनाउन गइरहेको छ। एउटा आशलाग्दो भविस्य देखा पर्दैछ। हुनत यो बिश्व कै एक अर्ब पचास करोड भन्दा बढी रहेका सनातन हिन्दू धर्मावलम्बीहरुको पवित्र प्राचीन पौराणिक प्रख्यात धार्मिक तिर्थस्थल हो। जबकि भगवान बिष्णु आफ्नो दिव्यधाम साकेतबाट सरयुको पावन धाराले सिचिंत अवधपूरिमा तपस्वि राजा श्री दशरथ स्वरुप मनुको घरमा कौशल्याको गर्भबाट यस भूलोकमा श्रीरामको रुपमा अवतरण भए। तब महामायालाई मनुको घरमा अवतरण गराउने साधरन कार्य थिएन। अनि पवित्र भूमिको खोजि शुरु भयो । महामायालाई अवतरण गराउन पूर्णता प्राप्त “महिमामयि “ एवं सर्बगुण सम्पन्न तपोभूमि पृथ्वीको भुवाग चाहिन्थ्यो। भगवान श्रीराम सर्वान्तयार्मि सबै ठाँउका स्वामी नै हुन। उनलाई यस पवित्र मिथिला भूभाग अतिरिक्त अर्को कुनै पवित्रम भाग दृष्टिगोचर हुन सकेनन।

अतः बैकुण्ठ धामसँगै महामायालाई अवतरणकालागि कोसि , कमला, बिल्वमति , यमुना , गैरिका , जलाधि, व्याघ्रवती , बिरजा, मण्डना, ईच्छवति , लक्ष्मणा,बागमती , गण्डकी र नारायणी नदिहरु एवं यिनका धेरै शाखा प्रशाखाहरुले सिंचिंत तपस्विहरुको तपोभूमि मिथिलाको भूभागलाई नै गौरान्वान्वित गरे । महा महिमामयि महामायालाई मिथिला भूमिले आफ्नो गर्भमा राखिन । जब यो भूमि कोसि देखि गण्डक सम्म ९६ कोस लामो र गंगादेखि हिमालयको बिचमा ६४ कोस चौडाइमा फैलिएको सुन्दर तपोभूमि हो । बैकुण्ठ धाम समेत लिएर आएकी महालक्ष्मीलाई अनुकूल समयमा पुष्प नक्षत्र माधव मास बैशाख शुक्ल नवमिका दिन मध्याह्नमा मिथिलाको पवित्र भूमिमा पृथ्वीले आफ्नो गर्भबाट प्रकट गरिन। उक्त समयमा मिथिलामा भंयकर अकाल परेको थियो । अकाल हटाउन महर्षि महाराज सिरध्वज जनकले ऋृषिमुनि , विद्धानहरुसंग राय सल्लाह गरे। सल्लाह अनुसार अकाल हटाउन स्वंय राजाले हलो जोत्नु पर्ने भयो। सोही अनुरुप हलेश्वरि यज्ञमा महाराजा जनकले हलो चलाउँदा एक ठाउँमा गएर हलो अडक्यो । कति प्रयत्न गर्दा पनि निस्केन खन्न लगाइयो र त्यहाँबाट एउटा सन्दूक निस्क्यो । सन्दूकबाट बालिका निस्किन । सोही समयमा पानी पर्यो। हलोको नोकलाई सीत भनिन्छ । सीतले गर्दा पृथ्वीबाट निस्किएकोले यिनको नाउँ सीता राखियो । राजा जनकले पृथ्वीको भेट स्वरुप छोरिको रुपमा स्वीकार गरे। सो अनुकुल समय थियो बसन्त सौरभपूर्ण वातावरणले युक्त माधवमास बैशाख शुक्ल नवमिको मध्याह्न । भगवान शंकरजि पार्वतीलाई भन्दछ्न – “जब जगन्नाथ प्रभू श्रीराम आफ्नो दिव्यधाम साकेतबाट यस भूतलमा अवतरण भए तब महालक्ष्मी पनि सबै बैकुण्ठबासिहरुलाई साथै लिएर प्रकट भइन र स्वयं बैकुण्ठ धाम श्रीमिथिला पुरिको रुपमा प्रकट भयो। यि कुरा धार्मिक शास्त्र यामलसारोद्धार तन्त्रको ३ पटलमा उल्लेख गरिएको छ भनेर मिथिला महात्मयमा उल्लेख रहेको छ। धार्मिक ग्रन्थहरु अनुसार यसै दिन जगत जननि प्रकृति स्वरुपा सीता प्रकट भएकि हुनाले व्रत , पूजापाठ ,आराधना बिधि बिधान अनुसार गर्नाले पृथ्वी दान ,सोलह महादानको फल एवं सबै तिर्थहरुको दर्शनको फल प्राप्त हुन्छ। यस व्रतको विशेष महत्व रहेको छ। व्रत राख्नेहरुमा त्यागशिल, ममता , समपर्ण आदि गुणहरु समबेश हुन्छन् ।

माता सीता धन समृद्धिकि देवी श्रीलक्ष्मिकै एक स्वरुप हो। यसकारण यिनको व्रतले परिवारमा सुख–समृद्धि र धनको वृद्धि हुने गर्दछ भने सबै प्रकारको रोग, दोष, तापहरुको हरन हुदँछ ।। सुहागिन महिलाहरुका श्रीमानहरु दिर्घायु हुन्छन् । यस्ता आदिशक्ति समस्त जगतको कल्याण गर्ने क्रिया , ईच्छा र ज्ञान शक्तिका रुपमा प्रकट भएकी भूमिरुपा, भूमत्माजा मिथलेश कुमारी जगत जननि माता सीताको प्रकटोत्सव शुभ अवसरमा समस्त धर्मावलम्बीहरुमा सुख शान्ति , समृद्धि ,सु–स्वास्थ्य ,दिर्घायु तथा सबै संकटबाट मुक्त हुँदै आनन्दीत जीवनकालागी हार्दिक मंगलमय शुभकामना ।

Comment


Related News

Latest News

Trending News