अपडेट 
२०८० बैशाख १७, आईतवार ०७:०५

दलको नेतामा दूरदुष्टि हुनुपर्छ । नेता र राजनीतिज्ञमा धेरै समानता भएपनि राष्ट्रियताको विषय फरक दृष्टिकोण हुन्छ । असल नेता देश र जनतालाई सर्वोपरी ठान्दछ, सत्ता पाउन वा सधैं सत्तामा बस्नका लागि राष्ट्रिय हितविपरीतको विषय सहमति गर्दैन् । राजनीतिज्ञमा पनि यो गुण हुन्छ । तर, राजनीतिज्ञले जनताको अभिमतलाई जसरीपनि आफनो पक्ष र सत्तामा आसिन हुनका लागि राष्ट्रको अहितको विषय भएपनि सहमति गर्छन् । मुलुकमा गणतन्त्र स्थापनापछि सत्ताकेन्द्रीत राजनीति जरो बलियो बन्दै गएको छ । हुन त, यो खेल २०५२ सालदेखि नै शुरु भएको हो । मुलुकमा संविधानसभाबाट निर्मित संविधान जारीपछि मुलुकमा राजनीतिक स्थिरता आउने विश्वास थियो । विगतमा गरेका गल्तिलाई नदोहराउने दलहरुका शीर्ष नेताहरुले जनसमक्ष गरेका वाचा भाषणमै सीमित रह्यो ।

दलहरु सत्ताका लागि गठबन्धन गर्छन् । सत्ताको स्वार्थमा मुख्य दलहरु रुम्मिलएपछि भावी सन्ततिको भविष्य अन्धकारमय बन्दै गइरहेको देखिन्छ । सर्वसाधारण जनतामा पुराना दलहरुप्रति उदासिनताको फलस्वरुप नयाँ दलको रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ झुकाव बढ्न थालेको हो । नेपालको सवैभन्दा पुरानो दल काँग्रेसको जनाधार अहिलेपनि वलियो अवस्थामैं छ । समयमैं काँग्रेसका नेतृत्वलाई सचेत भएर पार्टीप्रति समर्पित कार्यकर्ताहरुको उचित मूल्याङ्कन गर्नेतर्फ अग्रसर हुनुपर्छ । युवाहरु पार्टीको नीतिप्रति अभिप्रेरित गर्नुपर्छ । त्यसो गर्न नसकेको अवस्थामा पार्टीका स्वाभिमानी कार्यकर्ता पार्टी छोड्न विवश हुन्छन् । अहिले भर्खर, तीनवटा क्षेत्रमा उपनिर्वाचन सम्पन्न भयो । काँग्रेसले आफ्ना परम्परागत सिट तनहुँ–१ गुमाए भने एमाले प्रतिस्पर्धीपनि बन्न सकेनन् । पुराना दलहरुप्रति जनताको आकर्षणमा गिरावट आएको भनेर प्रश्न उठ्न थालेको छ । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको तीन दसक वितिसकेको छ । सङ्घीय गणतन्त्र स्थापना भएको डेढ दसकमा प्रदेशका सरकारहरुले एक कार्यकाल पुरा गरी दोश्रो कार्यकालमा प्रवेश गरेको छ । तर, प्रदेश सरकारको खासै अनुभूति जनताले पाएको छैन् । प्रदेशको औंचित्यमाथि प्रश्न उठ्न थालेको छ । मुलुकमा वेरोजगारी बढ्दै गइरहेको छ । अर्थतन्त्र जर्जर अवस्थामा पुगेको छ । रोजगारको अभावमा वैदेशिक रोजगार लागि युवाहरुको पलायन बढ्दै गइरहेको छ ।

यस्तो अवस्थामा जनतालाई अव झुठो आश्वासनमा झुक्याउन नसकिने अवस्था छ । जनता सचेत भइसकेका छन् । पुराना दलहरुले मुलुकमा राजनीतिक स्थिरता र विकास निर्माण कार्यमा सामुहिक अग्रसरता देखाएन भने आउँदो निर्वाचनमा नयाँ दलहरुको प्रभाव बढ्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टी र मधेशमा जनमत पार्टीले आफ् नो प्रभाव बढाएको स्पष्ट हुन्छ । मधेशमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक पार्टीले सत्ताभन्दा मधेशी जनताको समस्या समाधानतर्फ बढी सक्रियता देखाउनुपर्छ । भारतको राजनीतिमा भारतीय राष्ट्रिय काँग्रेस एकछत्र बर्चस्व थियो । विगत एक दसकदेखि काँग्रेसको पकड खुस्किँदै गएको छ । काँग्रेसको नेतृत्व गर्ने गान्धी परिवारले परम्परागत सोचमा परिवर्तन ल्याउन नसकेको कारणले कतिपय स्वाभिमानी कार्यकर्ताहरु पार्टी छोडेपछि काँग्रेसको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको राजनीतिक विश्लेषकहरु बताउँछन् । असमका मुख्यमन्त्री हेमन्त विस्वा पहिले असम काँग्रेसको बरिष्ठ नेताको रुपमा चिनिन्थ्यो । भारतीय जनता पार्टीको प्रवेश गरेको छोटो अवधिमैं मुख्यमन्त्री बने । उनलाई एक टेलिभिजनको साक्षात्कारमा काँग्रेस किन छोडेको भनेर पत्रकारले जिज्ञासा राख्दा असमका मुख्यमन्त्री विस्वाले राहुल गान्धीसँग भेट्न बडो मुश्किलले समय प्राप्त भयो । आपूm असमको सङ्गठनको सन्दर्भमा कुराकानी गर्न इच्छुक थिए । दिल्लीस्थित निवासमा घण्टो बसेपछि पनि भेटको अवसर प्राप्त भएन् । आपूmले ढिलाइको कारण बुझ्दा राहुलले कुकुरलाई नुहाउन र ख ा न ा खुवाउनमा व्यस्त छ भनेर जानकारी प्राप्त भयो ।

पार्टीका नेतृत्वपक्षले कार्यकर्ताको वेवास्ता गर्छ भने त्यस्तो पार्टीमा किन बस्ने भनेर काँग्रेस परित्याग गरेको उनले स्पष्ट जवाफ दिएको थियो । उनी सो पार्टी परित्याग गरेर भारतीय जनता पार्टीमा सामेल भयो । अहिले उनी असम राज्यका मुख्यमन्त्री हुन् । भारतीय काँग्रेसका अधिकांस नेताहरु पार्टी छोडेर भारतीय जनता पार्टीका साथै विभिन्न पार्टीमा प्रवेश गरेको वा नयाँ दल दर्ता गरेका छन् । भारतीय राष्ट्रिय काँग्रेसका युवा नेता राहुल बोल्ने बेलामा होस नपु¥याउँदा अहिले उनको साँसद पदबाट निलम्बित भएको छ । काँग्रेसका पृष्ठभूमि बोकेका स्वर्णिम बाग्लेलाई पनि हिनताबोध भएको हुनु पर्दछ । २०७९मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनलाई काठमाडौंबाट काँग्रेसले उम्मेद्वार बनाउने जोडदार रुपमा चर्चा चलेको थियो । तर, काँग्रेसले उम्मेद्वार बनाएन् । उपनिर्वाचनमा पनि पार्टी सभापति देउवाले वाग्लेलाई उम्मेदवार बनाउने सङ्केत नगरेपछि बाध्य भएर काँग्रेस छोडेको हो । छोड्नुको कारण जे भएपनि उनले काँग्रेस दाजुभाउजूको पार्टी भनेर गम्भीर आरोप लगाएका थिए । उतिखेर, उक्त आरोपलाई हलुको रुपमा लिएको थियो । तर, बाग्लेले चुनाव जितेपछि उक्त आरोपमा वजन थियो भने पुष्टि भएको सम्झनु पर्दछ । विपी कोइरालाले स्थापना गरेको पार्टी हो, काँग्रेस । काँग्रेसको नेतृत्वमा २००७ सालको सशस्त्र क्रान्ति सफल भयो । २०१५को निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त भयो । २०४६ सालको जनआन्दोलन लौंहपुरुष गणेशमान सिँहको नेतृत्वमा सफल भयो । सन्तनेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि उनको कार्यकालमा २०४७को संविधान जारी भयो ।

२०६४को दोश्रो जनआन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नु भएको थियो । विगत दस बर्षदेखि सशस्त्र सङ्घर्षमा रहेका माओवादीलाई राष्ट्रको मूलधारमा समाहित गराउनमा अग्रनी भूमिका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७२ सालमा संविधानसभाबाट निर्मित संविधान जारी भयो । यत्रो एतिहासिक उपलब्धि बोकेका पार्टी काँग्रेस, अव दाजुभाउजूको पार्टीको रुपमा परिणत भएको आरोप लागेको छ । उक्त आरोप गलत रहेछ भनेर पुष्टि गर्ने दायित्व सभापति देउवाको कार्यशैलीबाट मात्र पुष्टि हुनेछ । अव, काँग्रेसका शीर्ष नेताहरुलाई परम्परागत सोचमा परिवर्तन ल्याउनुपर्छ । स्वर्णिम वाग्ले जस्ताव्यक्तिलाई पार्टी छोड्नु प¥यो । काँग्रेस नेता डा. शेखर कोइरालाले मङ् ग ल वार विराटनगरमा निर्वाचनको परिणामलाई दृष्टिगत गरी काँग्रेसलाई सच्चिनुपर्ने सुझाव दिएका छन् । युवाको भावनाअनुसार पार्टी नचलेकै कारण यस्तो अवस्था आएको बताउनुभयो । काँग्रेसमा नेतृत्वपक्ष माथि गुटगत राजनीतिको आरोप लागेको छ । यसका साथै, देउवा पत्नी आरजूको पनि आफ् नो गुट छ । समग्रमा भन्नुपर्दा, पार्टीको महत्वपूर्ण निर्णयदेखि लिएर विभिन्न राजनीतिक नियुक्तिका साथै उच्च पदस्थ कर्मचारीको सरुवामा पनि आरजू देउवाको हालीमुहाली रहेको चर्चा काँग्रेसवृतमा हुने गर्छ । कुनैपनि लोकतान्त्रिक मुलुकमा उपनिर्वाचनको परिणामको सरकारको कार्यशैलीको पनि मूल्याङकन हुने गर्छ । हुन त प्रचण्ड नेतृत्वको सरकारलाई चार महिनामात्र भएको छ ।

यो छोटो अवधिमा सरकारको कामकाजको आधारमा चुनावी परिणामसँग जोड्नु न्यायसङ्गत हुँदैन् । सो तीनवटै निर्वाचन क्षेत्रमध्ये चितवन–२बाट राष्ट्रिय स्वतन्त्र पार्टी र बारा–२ बाट जनता समाजवादी पार्टीले आ–आफ्ना सिट जोगाउन सफल रह्यो भने काँग्रेसले तनहु–१को आफ् नो सिट जोगाउन असफल रह्यो । तनहु–१ काँग्रेसले गुमाएकाले ठूलो धक्का लागेको देखिन्छ । जुन क्षेत्रबाट चार महिनाअघि रामचन्द्र पौंडेल निर्वाचित भएका थिए । सो क्षेत्रका मतदाताले आफ्ना साँसद् रामचन्द्र पौंडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पुनः रिक्त भएको सो क्षेत्रबाट काँग्रेसकै उम्मेद्वार जित्ने प्रवल सम्भावना थियो । रामचन्द्र पौंडेल चारपटक निर्वाचित भएकाले सो क्षेत्रमा काँग्रेसको गहिरो पकड थियो । तर, जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णिम बाग्लेलाई भारी मतले विजय गराए । स्वर्णिम बाग्लेले आफ्ना योग्यता, विद्वता र व्यवहारिकताको आधारमा युवाका साथै विभिन्न उमेरका मतदातालाई आपूmतिर आकर्षित पार्नमा सफल भएकाले भारी मतले जित हात पारेको स्पष्ट हुन्छ । बाग्लेको जित एक परिवर्तनको सङ्केतको रुपमा पनि लिन सकिन्छ । तनहु–१मा काँग्रेसलाई जोडदार धक्का त लागेछ । एमालेको पनि जनाधार खुस्किएको छ । सो तीनवटै क्षेत्रमा एमालेका उम्मेद्वार प्रतिस्पर्धी बन्न सकेन् । तेस्रो स्थानमा चित बुझाउनु प¥यो ।

रवि लामिछानेको जित

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् युवा नेता रवि लामिछाने पुनः चितवन–२बाट भारी मतले विजयी भएका छन् । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा पनि भारी मतले विजयी भएका थिए । वितेको चार महिनाको अवधिमा उनको जीवनमा धेरै बढी उलटफेर भयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बनेको एक महिना वित्नासाथ नागरिकता प्रकरणमा प्रतिनिधिसभाको सदस्यतानै गुम्यो । उनीमाथि गम्भीर आरोपपनि लगाइएको थियो । पुनः विधिवत प्रक्रियागत ढङ्गले नागरिकता पाएपछि पुनः चितवन–२का मतदाताले विजयी गराएका हुन् । अर्कोतर्फ, केही दिनअघि ओडियो टेपको प्रकरणमा सो पार्टीका समानुपातिक साँसद डा. ढाककुमार श्रेष्ठ मुछिए । उनको प्रतिनिधिसभाको सदस्यता पनि गुम्यो । यस विषयमा कतिपयले रवि लामिछानेको सल्लाहमैं रकम माग गरेको भनेर व्यापक प्रचारप्रसार पनि गरेको थियो । तर, चितवन–२का मतदातालाई यी कुराहरुले अलिकतिपनि विचलित पार्न सकेन् । रवि लामिछानेको लोकप्रियता बढेको छ । एउटा भनाइ छ, टिना चाँडै तातिन्छ भने सेलाउनपनि बेर लगाउँदैन् । रवि लामिछानेले पाएको मतमध्ये अधिकांसमत पुराना दलप्रति आक्रोसको मत हो । तसर्थ, रविले यत्रो ठूलो जनाधारलाई कसरी टिकाइ राख्ने छ भन्ने विषयमा आउँदो दिनमा उनको कार्यशैलीमा निर्भर गर्छ ।

उपेन्द्र यादवको जित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पाँच महिना नवित्दै प्रतिनिधिसभा सदस्य पदमा बारा–२बाट निर्वाचित भएको छ । गत, मङ्सीरमा सम्पन्न निर्वाचनमा सप्तरी–२बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए । बारा–२को उपनिर्वाचन उपेन्द्रको लागि राजनीतिक भविष्यसँग जोडिएको थियो । चुनावमा पराजित भएको भए, पार्टीमा उनको पकड खुस्किने खतरामा पनि थियो । जनमत पार्टीको मधेशमा प्रभाव बढ्ने थियो । मधेशको राजनीतिमा आफ्नो बर्चस्व कायम राख्नका लागि मधेशका महत्वपूर्ण समस्याहरुलाई समाधानका लागि अग्रसरता देखाउनुपर्छ । उपेन्द्र यादव पहिलोपल्ट मोरङ, दोश्रोपल्ट सुनसरी, तेस्रोपल्ट सप्तरी अव चौंथोपटक बाराबाट निर्वाचित भएका हुन् । दोहराएर कुनैपनि क्षेत्रबाट चुनाव जित्न नसक्नुका कारण उपेन्द्रलाई खोतल्नुपर्छ । उपेन्द्र यादव एक राष्ट्रिय नेता भएकाले सोअनुरुप नै आफ् ना कार्यशैली प्रस्तुत गर्नुपर्छ । बाराका साथै मधेश प्रदेशका जनताको मन जित्नु पर्छ । दोहराएर जित्ने नेताको सूचिमा सामेल हुनका लागि जनताको मन जित्नु पर्छ । बारापछि अर्को जिल्ला खोज्नुपर्ने अवस्था उत्पन्न नहोस् भन्ने शुभकामना । ‘इतिश्री’

Comment


Related News

Latest News

Trending News