अपडेट 
२०८० बैशाख १८, सोमबार ०७:३१

मे १ अर्थात अन्तबर्राष्ट्रि श्रमिक दिवस ।धेरै जसो देशहरुमा श्रम दिवस भनेर पनि चिनिन्छा। प्राय मे दिवस तथा मजदुर दिवस पनि भन्नेद गरिन्छ ।श्रमिक वर्गहरुको उत्सव हो जुन अन्तार्राष्ट्रि श्रम आन्दो्लनद्वारा प्रवर्ध्दिद छ र हरेक बर्ष १ मे मा मनाइन्छर।यस दिन विश्व्का ८० भन्दा बढी देशहरुमा आधिकारिक रुपमा सार्वजनिक विदा हुन्छ् भने कतिपय देशहरुमा सामान्य् रुपमा मनाइन्छा ।नेपालमा सन् १९६३ देखि नै अन्तर्राष्ट्रिैय श्रमिक दिवस मनाइदै आएको भएपनि वि. सं. २०४६ बाट उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिकका लागि मात्र यस दिन सार्वजनिक विदा दिन थालियो।

२०६४ साल बाट सरकारी निकायमा कार्यरत कर्मचारीलगायत सबैका लागि आधिकारिक रुपमा सार्वजनिक विदा दिन थलिएको छ।विश्व का धेरै देशहरुमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रुपमा मनाइन्छच भने केही देशहरुमा बसन्तर ऋतुको पर्व भनेर मे दिवसको रुपमा मनाइन्छा। त्यस्तै अमेरिका लगायतका केही देशहरुमा मजदुर दिवस अर्कै दिनमा मनाइन्छा। १९ औँ शताब्दिसको औद्योगिकीकरणमा यूरोप र अमेरिकाका उद्योगपतीहरुले दैनिक १५ घण्टाुसम्म काम गराउने र न्यून पारिश्रमिक दिएर श्रम शोषण गर्ने गर्दथे।त्यसका विरुद्ध त्याहाँका मजदुरहरुले १ मे १८८६ का दिन समानता, उपयुक्त पारिश्रमिक, विदा सुविधा र श्रम वातावरणको लागि एकीकृत हुने उद्धोषका साथ ८ घणटा काम, ८घण्टा आराम र ८ घण्टाम मनोरञ्जननको २४ घण्टा को समय विभाजनको माग गरे।अमेरिकाको सिकागोमा यहि मागहरु सहित श्रमिकहरुले शान्तिपुर्ण प्रदर्शन सुरु गरे। मजदुरको माँग पुरा नगर्ने निर्णय तत्कालिण अमेरिकी सरकारको थियो।पुँजीपतिहरुको पक्षमा अमेरिकी सरकारले मे ३ को दिन निशस्र्का मजदुरहरुमाथि गोली चलायो। प्रहरीको गोलीबाट ६ जना मजदुरहरु मारिए भने ५० भन्दाक बढी मजदुरहरु घाइते भए। मे ४ को दिन मजदुरहरुले हत्याकाणडको विरुद्ध विरोधसभा गरे।सो विरोधसभा कुनै अज्ञात व्यक्तिले बम फालिदिए र बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्नेु नखुले पनि प्रहरीले दमन गर्यो। दोहरो झडपमा केही श्रमिकहरु र केही प्रहरीहरु पनि मारिए। त्यसपछि ठूलो संख्या्मा आन्दोलनकारीहरुको धरपकड भयो। पक्रिएकाहरु मध्येय मजदुर नेताहरु पार्सन, स्पाइस र एंगेल्स लगायतलाई सन् १८८७ मा मृत्युदण्ड दिइयो भने अरुलाई जेल सँजाय गरियो। त्यो गौरवपूर्ण आन्दो लनका अगाडि अन्तकतः अमेरिकी सरकार झुक्न बाध्यग भएको थियो।

२० अगष्टा १८६६ सालमा बाल्टीमोरमा भेला भएका ६० जना मजदुरले सर्वप्रथम ८ घण्टा कामको माँग राख्दै नेसनल लेवर युनियन नामको एक सङ्गठनको निर्माण गरेका थिए।सन् १८८९ मा फ्रान्सदको पेरिसमा सम्पन्नु भएको विश्वक श्रम संगठन र श्रमिक नेताहरुको बैठकले सन् १८९० को मे १ देखि हरेक वर्ष “ अन्तर्राष्ट्रिठय श्रमिक दिवस“ मनाउने निर्णय गर्यो। त्यसबेला देखिनै मे १ को दिनलाई “मे दिवस“ का रुपमा चिनिन्छन।सन् १९१९ अप्रिल ११ मा अन्तमर्राष्ट्रिनय श्रम संगठनको स्थापना भयो । आइएलओले आफ्नो स्थापनाकालदेखि नै श्रमिकहरुको हकअधिकारका लागि काम गर्दै आएको छ। नेपाल सन् १९६६ देखि नै औपचारिक रुपमा आइएलओसँग आबद्ध छ। नेपालको सन्दलर्भमा कुरा गर्दा नेपालमा श्रम बहसको इतिहास त्यति लामो छैन्।नेपालमा २००३ सालदेखि ट्रेड युनियन आन्दो्लनको थालनी भएको र २०२० सालदेखि मे दिवस मनाउन थिलिएको पाइन्छय। तत्कादलीन समयमा नेपाली श्रमिकहरुले खुला रुपमा श्रमिक दिवस मनाउन पाएका थिएनन्।मे दिवसमा आम श्रमिकहरुलाई परिचालन गरेर ठूलो उत्स वको रुपमा श्रमिकका अधिकारबारे छलफल र अन्त रक्रिया लगायतका कार्यक्रमहरु गरेर भव्यताका साथ मनाउनु पर्ने हो। तर मे दिवसको महत्वफलाई ट्रेड युनियनहरुका तर्फबाट आम श्रमिकसम्म पुर्याउन नसक्दा मे दिवसको कार्यक्रम औपचारिकतामा मात्र सिमित हुने गरेको छ। श्रमिकहरु घरमै आराम गर्ने र मनोरञ्जरनात्मक कार्यमा अभ्यस्त हुने गरेका छन्।असंगठित क्षेत्रका श्रमिकहरुलाई मे दिवसको बारेमा झन केही थाह छैन। उनीहरु श्रम अधिकारको बारेमा खासै जानकार छैनन् र मे दिवस आए गएको पनि खासै मेसो पाउदैनन्।

नेपालमा अहिलेसम्म भएका सबै राजनीतिक आन्दोलनमा ट्रेड युनियनको भुमिका रहँदै आएको छ र हरेक परिवर्तनहरुमा ट्रेड युनियनको योगदान रहेको छ । नेपालको संविधान २०७२ को धारा ३३ मा प्रत्येकक नागरिकलाई रोजगारीको हक र रोजगारीको छनौट गर्न पाउने हक हुनेछ भनेर उल्लेख गरेको छ।त्यसतै धारा ३४ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ भनेर उल्लेख गरेको छ। श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर सम्झनु पर्छ भनेर संविधानले नै परिभाषित गरेको छ।साथसाथै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक र कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक पनि संविधानले दिएको छ।नेपालको संविधान २०७२ को धारा ५१ मा श्रम र रोजगार सम्बन्धी नीतिको व्यवस्था गरिएको छ।सो नीतिमा सबैले काम गर्न पाउने अवस्था सुनिश्चिीत गर्दै देशको मुख्यम सामाजिक आर्थिक शक्तिको रुपमा रहेको श्रमशक्तिलाई दक्ष, व्यवसायिक बनाउने र स्वदेशमानै रोजगारी अभिबृद्धि गर्ने तथा मर्यादित श्रम सबै श्रम शोषणको अन्य्ि गर्ने लगायत वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पागदनमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गर्ने लक्ष्यम लिईएको छ।

संविधानको धारा १७ मा श्रमप्रति अवहेलना गर्न नहुने , धारा १८ को उपधारा (४) मा समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा गर्न नहुने , धारा १९ को उपधारा (१) मा श्रमप्रति अवहेलना, जातिय छुवाछुत, एवम् लैंगिक भेदभाव हुने सञ्चाधर गर्न नहुने , धारा ४२ मा सामाजिक न्यायको अधिकार हुने, धारा ५० को उपधारा (२) मा सबै प्रकारका विभेद, शोषण र अन्याकयको अन्य्न एवम् श्रमको सम्माचन उद्यमशिलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरुको विकास गर्ने आदि श्रम तथा रोजगार क्षेत्रसंग सान्दर्भिक विषयहरु उल्लेख गरिएका छन्।हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राभलयले श्रमिकको हकअधिकार प्रवर्द्धनका लागि काम गर्दै आएको छ। यस मन्त्रा लय अन्त्र्गत विभिन्नक विभागको गठन र कानुन तथा नीति निर्माण गरिएको छ।रोजगार र श्रम सम्बन्धी निति पनि ल्याएको छ। श्रमिकको हक, हित र सुविधाको व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्प ष्ट, व्यवस्था गरी असल श्रम सम्बवन्ध को विकास गर्न, श्रम शोषणको सबै अवस्थालाई अन्य्ष्ट गर्न श्रम ऐन २०७४ र श्रम नियमावली २०७४ लागु गरिएको छ। प्रतिष्ठा न र प्रतिष्ठाछनबाहिर विभिन्नऐ उद्योग, व्यापार, व्यावसाय वा सेवामा काम गर्ने कामदार तथा स्वरोजगार गर्ने व्यक्तिहरुको व्यवसायिक तथा पेशागत हक हितलाई संरक्षण र सम्वर्द्धन गर्नको लागि ट्रेड युनियनको दर्ता, सञ्चाहलन र त्यससम्बन्धी अन्यव आवश्यषक व्यवस्था गर्न ट्रेड युनियन ऐन २०४९ र ट्रेड युनियन नियमावली २०५० लागु गरिएको छ।

त्यसतै निजामती सेवा ऐन २०४९ ले पनि ट्रेड युनियनको अधिकारलाई कानुनी रुपमा थप संस्थागत गरेको छ। कर्मचारीहरुको पेसागत हक हित र सुरक्षाका लागि आधिकारिक ट्रेड युनियन खडा गरिएको छ । आइएलओ महासन्धिलाई नेपालले अनुमोदन गरेको छ।श्रमिकको न्युनतम पारिश्रमिक समेत सरकारले नै तोकिदिने गरेका छन्। प्रत्ये क वर्ष मे १ मा मजदुर दिवस मनाई रहँदा मजदुरको पेसागत हक हित र उनीहरुको जीवनस्तर उकास्ने खालको निश्चि त योजना ल्याउन सकेका छैनन् , ट्रेड युनियनले। दलैपिच्छे खोलिएका मजदुर संगठनहरु दलगत स्वार्थमा केन्द्रित हुने र मजदुर नेता कहलिएकाहरु अवसरवादी भई दिदाँ मजदुर हरुको वास्तविक मुद्दाहरु उठनै सकेका छैनन् , अनि कसरीसामाधान होस् श्रमिकका समस्या। त्यही भएर वास्तविक श्रमिकको अवस्थामा सुधार हुन सकेका छैनन् र उनीहरुको अवस्था अहिले पनि दयनीय नै छ। नेपालको संविधान २०७२ ले श्रम र रोजगारलाई व्यवस्थित बनाउन यतिको अधिकार दिदाँ र कार्यवन्यधन गर्न नीति र कानुन ल्याएपनि यस क्षेत्रमा सोँचे जस्तो सुधार हुन सकेको छैन्। स्वदेशमै रोजगारी सिर्जना हुन नसक्दा र लगानी सुरक्षित नहुँदा खाडीको ५२ डिग्रीसम्मको तापक्रममा ज्यानै जोखिममा राखेर श्रम गर्न बाद्य्य छन् , नेपाली श्रमिकहरु। दैनिक दुई हजारको हाराहारीमा नेपाली युवाहरु श्रम गर्न त्रिभुवन अन्तर्र ाििष्ट्रय विमानस्थलबाट उडने र सोही विमानस्थलबाट तिनीहरु मध्येकै दैनिकजसो २ देखि ३ वटा शव भित्रिने गरेको तथ्य ले नेपालको श्रमिक र रोजगारीको अवस्थाको ब्यान गरिरहेको छ।

यता स्वदेशमै रोजगारी पाएका श्रमिकहरुको अवस्था पनि राम्रो छैन्। विभिन्नो संघसंस्थाद, निजी फर्म, निजी वित्तिय संस्था, होटल, पसल मा काम गर्ने श्रमिकहरु र घरायसी काम गर्नेहरुमा जतिखेर पनि कामबिहिनहुन सक्ने त्रास रहिरहेको हुन्छ । यिनीहरुमध्ये थोरैले मात्र उचित पारिश्रमिक पाई राखेका छन्। धेरैजसोले गुजार चलाउनै हरेक पापड बेल्नु पर्ने अवस्था छ। रोजगारदाताबाट ठगिएकाहरु पनि त्यतिकै छन्। रोजगारदाता र श्रमिक एक अर्काको अवश्याकता हो , यो तथ्य दुवै पक्षले बूझ्न अत्यन्तर जरुरी छ। श्रमिक र रोजगारदाताबिच सुमधुर सम्बन्ध, हुन जरुरी छ। यो उद्योग र श्रमिकको विकासको लागि पनि जरुरी छ। श्रमिक एकता बिना श्रमिकको समस्या हल हुने कुरा सोच्नै हुदैन्। अबको आवश्याकता श्रमिक एकता, एकल ट्रेड युनियन आन्दोनलन , श्रमिक र रोजगारदाताबिचको सुमधुर सम्बन्धर नै हो।सबै प्रकारका श्रमिकलाई श्रम दिवसको शुभकामना साथसाथै हरेक श्रम दिवस हरेक श्रमिक र हरेक रोजगारदाता समेतका लागि अर्थपूर्ण बन्न सकोस भन्नेत कामना छ ।

Comment


Related News

Latest News

Trending News