अपडेट 
२०८० बैशाख १९, मंगलवार ०७:३८

जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्रका थप दुई निजी विद्यालय बिना दर्ता कै पाइएको छ । संस्थागत विद्यालय संरक्षण समितिले सोमबार अनुगमन गरेपछि बिना दर्ताकै विद्यालय सञ्चालन भएको पाइएको छ ।

जनकपुरधाम– ४ कटैयाचौरीमा संचालनमा रहेको संस्कार इङ्गलिस एकेडमी धनुषा र जनकपुरधाम– १२ कुवा बजारमा रहेको ज्ञान गंगा इंटरनेशनल पब्लिक बिना दर्ताकै पठनपाठन गराउने गरेको संस्थागत विद्यालय संरक्षण समितिका संयोजक अवधेश तिवारीले जानकारी दिए । उनका अनुसार संस्कार विद्यालयलका संचालक काशिम साफीले प्रिन्स एकेडमी विद्यालय खरिद गरेका थिए । सो विद्यालयको मुखियापट्टी मुसहरनियाँ – ३ मा प्राथमिक तहसम्म संचालनका लागि २०७३ साल असार ३० मा अनुमति लिएका थिए । सोही दर्तामा उनले नाम परिर्वतन गरी संस्कार विद्यालय चलाउँदै आएको पाइएको छ । विद्यालयका संचालक कासिम साफी आफै सामुदायिक विद्यालयका शिक्षक छन् । उनले २०७३ असार ३० गते शिक्षा कार्यालयबाट अनुमति दिएको दाबी गरेका छन् ।

२०७३ पुस २८ गते कम्पनी रजिस्टार कार्यालयमा संस्कार इङगलिस एकेडमीकै नामले नै दर्ता भएको उनको कथन छ । कक्षा ६ सम्म प्रिन्स एकेडमीको नाउँमा अनुमति पाएका विद्यालय संस्कार इङगलिस एकेडमी धनुषाको नाउँमा कक्षा ७ सम्म पढाइ रहेको पाइएको छ । त्यस आधारमा पनि उक्त विद्यालय मापदण्ड विपरीत रहेको अनुगमन समितिको ठहर छ ।

यता, जनकपुरधाम– १२ कुवा बजारमा ज्ञान गंगा इन्टरनेशनल पब्लिक बिना दर्ता नर्सरी देखि कक्षा १० सम्मको वोर्ड लगाएर विद्यार्थी पढाइ रहेको पाइएको छ । विद्यालय दर्ताको एउटा पनि कागजात नभएको ज्ञान गंगा इन्टरनेशनल पब्लिक स्कुल कक्षा ६ सम्म संचालन भएको पाइएको छ । कम्पनी रजिस्टार कार्यालयमा ज्ञान गंगा आइ.पि.एस. एण्ड ट्रेनिङ्ग सेन्टरको नाउँमा दर्ता भइ विद्यालय संचालन भइरहेको छ । अनुगमनमा रहेको संस्थागत विद्यालय संरक्षण समितिका संयोजक तिवारीले प्लेगु्रपसम्म पनि अनुमति नपाएका ज्ञानगंगा इन्टरनेसनल पब्लिक स्कुल बन्द गर्न प्रशासनसंग माग गरेका छन् ।

अनुगमनका क्रममा जनकपुरधाम उमहानगरपालिकाका शिक्षा समितिका सदस्य रवीन्द्र चौधरीले बजार भित्र केही विद्यालय फर्जी रहेकाले आफूहरु अनुगमन गरिरहेको बताए । उनले सोमबारको अनुगमनबाट बिना दर्ता भेटिएको दुबै विद्यालय बन्द गर्न निर्देशन दिएको बताए । ज्ञान गंगा स्कुलका संचालक पवन कुमार साहले आफूले पटक पटक दर्ताको लागि निवेदन दिदा पनि उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले अनुमति नदिदा बाध्य भएर आफूले कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गराइ पढाइ संचालन गरिरहेको बताए । अनुगमनका क्रममा नियमित रुपमा संचालनमा रही बिना दर्ता संचालनमा रहेको विद्यालय, अनुमति पाएको भन्दा बढी कक्षासम्म विद्यालय संचालन गरेको, बिना टिसी विद्यार्थी भर्ना गरेका तथा सामुदायिक विद्यालयमा नाम दर्ता भएका विद्यार्थीलाई पढाइ रहेको संस्थागत विद्यालयहरुलाई कारबाहीको प्रक्रियामा जाने संयोजक तिवारीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News