अपडेट 
२०८० बैशाख १९, मंगलवार ०७:५३

जैक्सन हल्ट नामक मैथिली चललिचत्र रिलिज हुने भएको छ ।

यहि अंग्रेजी महिनाको मई ५ तारिक तथा बैशाख २२ गते बेजोड च्यानल मार्फत रिलिज हुने भएको जानकारी गराइएको छ । सोमबार जनकपुरधामको गिरिजा चलचित्र मन्दिरमा आयोजित ट्रेलर लन्चिंग कार्यक्रममा जैक्सन हल्टका निर्देशक नितिश चन्द्राले आफ्नै एप (बेजोड) च्यानलबाट विश्वभर एकै पटक रिलिज हुने बताएका छन् । ९५ लाख भारतीय रुपियाँको लागतमा निर्माण भएको जैक्सन हल्टमा भारतीय मिथिलाको सीतामढीका कलाकार निश्चल अभिषेकले मुख्य भूमिका निर्वाह गरेका छन् । मैथिली भाषामा सम्भवतः पहिलो पटक यति ठूलो लगानी र बलिउडका सिनेमाहरुलाई टक्कर दिने थ्रिलर मुवी निर्माण भएको दाबी निर्देशक चन्द्राले गरेका छन् । उनले भने,‘आफ्नो मातृभाषासमेत भोजपुरी रहँदा पनि मैथिली भाषामा काम गर्नु पर्ने भावनाले ओतप्रोत भइ यो चलचित्र निर्माण गरेको र दर्शकहरुले मन पराउने छन् भन्ने मेरो विश्वास छ ।’

सिनेमाको क्षेत्रमा अहिले पनि अत्यन्त पछाडि परिएको मैथिली भाषाको सम्वद्र्धन संरक्षण तथा विकासमा यस चलचित्रले योगदान दिने सहनिर्माता रिऋराजको विश्वास रहेको छ । बेजोड एप डाउनलोड गरेर कुनै पनि बैंकको भिसा कार्ड प्रयोग गरी पैसा तिरेर यो चलचित्र घरमै बसेर हेर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । त्यसैगरी, कार्यक्रममा चलचित्रको ट्रेलर हेरेपछि गायक सुनिल मल्लिक तथा थिएटरका अनुभवी कलाकार रमेश रंजन झाले यस प्रकारको चलचित्रले मैथिली भाषालाई अझै उचाईँमा पु¥याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम संचालन पत्रकार घनश्याम मिश्रले गरेका थिए । कार्यक्रममा सहभागीहरुले मैथिलीमा यस प्रकारको थ्रिलर चलचित्र पहिलो पटक हेर्न पाउने भनी उत्साहित बनेका थिए ।

Comment


Related News

Latest News

Trending News