अपडेट 
२०८० बैशाख १९, मंगलवार ११:४९

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा २०० रुपैयाँ घटेको छ। जसअनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी,चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

Comment


Related News

Latest News

Trending News