अपडेट 
२०८० बैशाख २१, बिहीबार १७:५३

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेको पक्षमा पक्षमा ३५ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै ३ जना तटस्थ बसेका थिए । गण्डकी प्रदेशसभाका सभामुख कृष्ण प्रसाद घितालले मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले मत दिएका कारण विश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेलाई कांग्रेस, माओवादी र स्वतन्त्र सांसदले मत दिएका थिए भने एमाले विपक्षमा रहेको थियो त्यस्तै राप्रपा तटस्थ बसेको थियो ।

Comment


Related News

Latest News

Trending News