२०८० बैशाख २२, शुक्रबार १४:२४

भारतीय नम्बर प्लेटको गाडीभित्र नक्कली नोट फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नोटसहित दुई जनालाई पक्राउ पनि गरेको छ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ चालिसफिटेस्थित सडक खण्डमा चेक गर्दा एक हजार र पाँच सय दरको नेपाली नोट फेला परेको हो। सर्लाहीको गोडौता नगरपालिका वडा नम्बर १२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र गाडीमा सवार बारा परवानीपुर गाउँपालिका ३६ वर्षीय ओम प्रकाश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बीआर ०१ पीजी ६५७७ नम्बरको सेतो रङ्गको स्कार्पियोभित्र सेतो प्लास्टिकको झोलामा नेपाली नक्कली नोट एक हजार दरको ४५० थान र पाँच सय दरको नोट ७२ थान फेला पारेको हो। सक्कली एक हजार दरका नोट दुई सय थान गरी पनि भेटिएको छ।

पछिल्ला केही महिनामा तराईका जिल्लामा नक्कली नोट फेला पर्ने क्रम बढेर गएको छ।

Comment

Related News

Latest News

Trending News