अपडेट 
२०८० बैशाख २५, सोमबार १०:२०

मधेश प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले मुलुकमा शान्ति ,समृद्धि र विकास नचाहनेहरु संघीयता विरोधी भएको टिप्पणी गरेका छ्न ।

सप्तरीको राजविराजमा आइतबार प्रेस मञ्च नेपाल सप्तरीको पदाधिकारीहरुसंग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै मन्त्री कलवारले जनमत पार्टीले देशमा शान्ति, समृद्धि र विकास नचाहेको आरोप लगाए । जनमत पार्टी मधेश, मधेशी र संघीयता विरोधी हुन,मन्त्री कलवारले भने,जनमत पार्टीका अध्यक्ष डा.सिके राउत शान्ति, समृद्धि र विकास विरोधीको नाइके भएको उनको पछिल्लो गतिविधिबाट प्रष्ट भइसक्यो। उनी मधेशीको हित र मधेशको विकास चाहदैनन्,राउतले अनावश्यक जालझेल र झुटो भ्रमको खेती मात्र गर्न जानेको छ ।

मन्त्री कलवारले डा.सिके राउत संघीयताको विरोधी रहेको आरोप लगाए । सिके राउत मधेशी जनताको उत्थान चाहदैनन्,मधेशीसहित मुलुकका सदियौदेखि पछाडि परेको जनतालाई शासन र प्रशासन नहोस भन्ने चाहन्छन्। उनले भने जनशक्ति अभावले विकासको कामले गति लिन सकेको स्वीकार गर्दै,मन्त्री कलवारले भने,उपलब्ध जनशक्तिको उपयोग गरेर भए पनि द्रुत गतिमा विकासको कार्य अगाडि बढिरहेको छ । तीन वर्षभित्र सबै प्रदेश वासीले शुद्ध खानेपानी पाउँछ । २१ जाना कर्मचारीको दरबन्दी भए पनि ४ जनाको भरमा मन्त्रालय संचालन गर्नु पर्दा समस्या हुने गरेको उनले बताए । केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई बदनाम गर्ने नियतले प्रदेश र स्थानीय सरकारलाई पूर्ण अधिकार नदिएका कारण कर्मचारी समस्या झेल्नु परेको उनले आरोप थियो ।

मन्त्री कलवारले सप्तरीमा संचालित विभिन्न खानेपानीको अधुरो योजना तथा प्रसिद्ध शक्तिपीठहरु छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिरलगायतका मठमन्दिरहरुमा पुगेर पुजा समेत गरेका थिए । सम्मेलनमा मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्व प्रदेशसभा सदस्य विदेश्वर यादव (बिक्की)को समेत उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News