अपडेट 
२०८० बैशाख २६, मंगलवार १९:१०

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार नाै सय दुई जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ रहेको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ५२ हजार एक सय २१ जनाकाे काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News