अपडेट 
२०८० बैशाख २७, बुधबार ०७:३७

आगामी जेठ २ गते मधेश प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवका अनुसार बैठक जेठ २ गतेका लागि आह्वान गरिएको छ ।

उक्त बैठकमा चारवटा विधेयक पेश गर्ने सरकारको तयारी छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेश हुनेछ । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा उक्त विधेयक तयार पारिएको थियो । त्यस्तै,बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेश हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए । त्यस्तै,बैठकमा समसमायिक विषय पनि समावेश गरिने तयारी रहेको उनले बताए । त्यस्तै,प्रदेशमा बजेट अधिवेशन पनि सुरु हुँदैछ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।

Comment


Related News

Latest News

Trending News