अपडेट 
२०८० बैशाख २७, बुधबार ०७:५३

धनुषाको बटेश्वर गाउँपालिकामा शिक्षकहरुको आन्दोलन चौथौं दिन पनि जारी रहेको छ ।

तलव माग गर्दै आइतबारदेखि बटेश्वर गाउँपालिका–४ स्थित शिव शक्ति माध्यमिक नमूना विद्यालयका शिक्षक तथा कर्मचारी आन्दोलनरत छन् । नमुना अनुदान र निजी श्रोतका शिक्षक तथा कर्मचारी अनिश्चितकालीन धर्नामा बसेका छन् । उनीहरुको चरणबद्ध आन्दोलनले पठनपाठन प्रभावित छ । पहिलो चरणमा शिक्षकहरुले यही बैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । पटक पटक तलबभत्ता माग गर्दासमेत बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । चालु आर्थिक वर्षमा हालसम्मको तलब भत्ता नपाएको उनीहरुको कथन छ ।

बैशाख १२ गते शिक्षक तथा कर्मचारीहरु विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटलाई ज्ञापन बुझाउँदै यथाशीघ्र माग पूरा नभए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनीसहितको ज्ञापनपत्र बुझाएका थिए । तर यस विषयमा पालिका अध्यक्ष रामअशिष महतोले यस विषय बारे आवश्यकताभन्दा बढी शिक्षक राखिएकोले समस्या उत्पन्न भएको बताए । प्राधानाध्यापक केवटले कानुन मिचेर अवकाश प्राप्त शिक्षकलाई ४० हजार तलव दिएर राखेको उनले आरोप लगाएका छन् । ‘५÷७ लाख रुपैयाँ लिएर नियुक्ति गरेको छ । त्यो शिक्षकहरु हटाउनु प¥यो नि,’उनले भने,‘हेड मास्टरले नियुक्ति गरेको छ । उसैले तलव खुवाउँछ । हामीलाई कुनै मतलव छैन् ।’

Comment


Related News

Latest News

Trending News