अपडेट 
२०८० बैशाख २८, बिहीबार ०७:२३

वीरगञ्ज–जीतपुर गौशाला कब्जामा लिनबाट स्थानिय निकायलाई अदालतले रोक लगाएको छ ।

बैशाख २५ गतेको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जीतपुर सिमरा उपमहानगरलाई उक्त आदेश गरेको हो । उपमहानगरपालिकाका मेयर राजन पौडेलको अगुवाइमा गत वैशाख १७ गते गौशालाको संरचनामा डोजर चलाए पछि गौशाला संचालन समितिले मांग गरेको निषेधाज्ञालाई अदालत सदर गरेको छ । गौशालामा पालिएका गाईको रेख देखको जिम्मेवारी लिएको सूचना निकालेपछि गौशाला कानूनी निषेधाज्ञा माग गर्दै अदालत पुगेको थियो । आफुहरुले स्थानिय निकासंग छलफल गर्न त्यार रहेको र जिल्ला प्रशासन कार्यालय बाराले नगरप्रमुखलाई छलफलको लागी बोलाउदा पनि उनले जब्बरजस्ती डोजर चलाएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार संघईले बताए । वीरगन्ज जीतपुर गौशाला व्यावस्थापन समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा आदालतको आदेशबारे जानकारी गराउदै अध्यक्ष संघइले भने,‘बिवाद नै नभएको जग्गामा बनाइएको घर टहराहरु भत्काउनेको स्थानिय जनप्रतिनिहरुको उदेश्य नै शंकास्पत छ,उहाहरु बिकास गर्ने हो कि बिनास गर्नको लागी चुनिनु भएको छ ।’

समितिले उपमहानगरलाई विपक्षी बनाएर मुद्दा हालेका थिए । न्यायाधीश सीताराम मण्डलको इजलासले उपमहानगरसँग निषेधाज्ञा दिनुनपर्ने कारण भए पेश गर्न बाटोको म्याद बाहेक १५ दिनको प्रतिउत्तरको समय दिदै अन्तरिम रोकाको आदेश पनि दिएको छ । अदालतले मुद्दाको किनारा नलागेसम्म गौशालाको र गौशालासँगै जोडिएको अन्य संरचनामा प्रवेश नगर्न र कब्जामा नलिन उपमहानगरलाई अन्तरिम आदेश दिएको छ ।

बिक्रमसम्बत १९६३मा स्थापना भएको वीरगंज–जितपुर गौशालाको व्यवस्थापन आफ्नै बिधान अन्तर्गतको समितिले संचालन गर्दै आएको छ ।गौशाला संचालनको सुरु देखि ट्रष्टको उक्त समितिमा वीरगन्जका प्रतिष्ठित समाजसेवीहरु रहदै आएका छन ।जितपुरको १४५ को कित्तामा स्वामित्वकोलाई लिएर मुदा चलेपनि जितपुर सिमरा उपमहानगरपालिकाले बैशाख १७ गते गौशालामा बनाइएको पसल टहराहरु नक्शा पास नभएको झटकेलो कानुन देखाउदै डोजर चलाएर भत्काएको छ ।टहरासंगै गौशालाका २०बर्ष पुरानो भवन तथा गेटसमेत तोडनु र उक्त जग्गा रेखदेखको लागी त्यहि दिन उपमहानगपालिकोले दुइजना स्टाफ न्युक्त गर्नु आफैमा रहस्य पुर्ण भएको अध्यक्ष संघाइको भनाइ थियो ।पत्रकार सम्मेलनमा बोल्दै जितपुर गौशाला शाखाका संचलक राजा गीरीले करोडौको छतिपुर्ती भएको बताए ।उनले भने,त्यस भेगका असहाय गाईहरुको खानपान र व्यवस्थापनको लागी पसल टहराहरु बनाइएको थियो ,त्यसमा पनि वीरगन्जका उधोगपतिहरुले ३६लाख रुपैया सहयोग गरेका छन र पसल संचालकहरुबाट ११लाख रुपैया पेश्की लिइएको थियो ,त्योपेश्की कसले फिर्ता गर्ने ’ गौशालाको जग्गा जितपुरमा मात्र नभइ वीरगन्जको घडिअर्वा,रामगढवा,लालपर्सा र जितपुरमा रहेको छ ।

उपमहानगरले नक्सापास नभएको संरचना भत्काउने भन्दै डोजर चलाएको थियो । स्थानीय प्रशासनले दुवै पक्षबीच छलफलको प्रयास गरेको थियो । उपमहानगरले प्रशासनको आग्रहलाई बेवास्ता गरेर डोजर चलाएपछि गौशाला कब्जामा लिएको आशयको सूचना समेत निकालेको छ ।

 

Comment


Related News

Latest News

Trending News