अपडेट 
२०८० बैशाख २९, शुक्रबार ११:१६

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान राष्ट्रपतिले तत्काल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्य यादवले नागरिकता सम्बन्धि विद्ययेक तुरन्त कार्यान्वयन हुनुपर्ने बताए । उनले दुई पटक दुवै संसदबाट पारित भएको विद्ययेक स्वतः कार्यान्वय हुनुपर्नेमा विभिन्न कारण देखाएर हालसम्म अडकाएर राख्नु खेदजनक रहेको बताए ।

त्यस्तै उनले, भुटानी शरणार्थी प्रकरणले विश्वस्तरमा नेपालको छवि धुमिल भएकोले उक्त प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो । उनले देशका सोझा जनतालाई शरणार्थी बनाएर त्यसमा पनि भ्रष्टाचार गरिनु कठोर अपराध रहेकाले दोषीलाई कडा भन्दा कडा सजाए दिनुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News