अपडेट 
२०८० बैशाख ३०, शनिबार ०७:४१

बारामा हालै सम्पन्न उपनिर्वाचन ताका सामाजिक सञ्जालमा भोजपूरी लोक गायिका नेहा सिंह राठोरको तर्जमा एउटा वाक्यांश भाइरल बनेको थियो – ‘ बारामे का बा ……….? अब काम गरेर देखाउनोस् ।’ जे भयो भयो । अन्ततः उपेन्द्र यादवजी चुनाव जित्नु भयो । मोरंग,सुनसरी र सप्तरी हुंँदै उपेन्द्रजी अचेल बाराका सांसद बनेका छन् । बधाई माननीय जी । आम नागरिकको दृष्टिमा नेपालका नेताहरु सिद्धस्थ अभिनेता जस्तै हुन् । हिमाली क्षेत्रतिर उक्लिदा उत्तैको भेषभूषा धारण गर्ने । पहाडी क्षेत्रमा त्यतैको भाषामा भनभनाउ“ने । आदिवासी जनजातिको सम्मेलनमा जा“दा उनीहरुको मुक्तिको कुरा गर्ने । शपथ ग्रहण गर्दा दाउरा सुरुवालमा सजिने । मधेश झर्दा मधेशसंग लभ परेको स्वांग गर्ने, नागरिकता समस्या समाधान गर्ने वाचा बन्धन गर्ने ।

काठमाण्डु पुगेपछि मतदातासंग गरेको वाचाबन्धनको पोको सिरानीमा राखेर मस्त निदाउने । यी झुटा नेताहरुसंग बाराका आदरनीय मतदाताहरुले सोध्न भ्याए कि भ्याएनन् –‘श्रीमान् प्रचण्ड, देउवा,ओली,लामिछानेजीहरु हो’ प्रदेशलाई अधिकार सम्पन्न बनाउन निजामती कर्मचारी र प्रहरी समायोजन विधेयक ल्याउन हजुरहरुलाई कस्ले रोकेका छन् ? शुरुमा निर्वाचन सकेको १ महिनाभित्र अनि पछि ६ महिनाभित्र नागरिकता विधेयक पारित गराउ“छौ भनेर भोंट सोहर्नु भयो अनि अचेल नागरिकता विधेयक छिटै आउ“दै छ भनेर अर्को झुट बोल्नु भयो ? अबका राष्ट्रपतिजी पहिलाको जस्तो विधेयक रोकेर राख्नु हुन्न , खुरुखुरु प्रमाणीकरण गर्नु हुन्छ भन्दै हुनु हुन्थ्यिो । खै, प्रमाणीकरण गरी राख्नु भएको छैन ? किन हो कुन्नी ? तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले शुरुदेखि नै दुबै सदनबाट पारित भइ निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीजीले होल्डमा राख्नु भएको विधेयक वर्तमान राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

उनले लेखेका छन् –‘यो संविधानले सार्वभौम जनताको सर्वोच्च प्रतिनिधि संघीय संसदले धारा ११३ बमोजिम गरेर पारित गरेपछि प्रमाणीकरण गर्नैपर्ने भन्छ । राष्ट्रपतिको पद संविधानभन्दा माथि छैन । निरंकुश राजतन्त्र जस्तो शक्तिको श्रोत राष्ट्रपतिको पद होइन । के संसदबाट पारित विधेयक जो राष्ट्रपतिको कार्यालयमा अझै छ दराजमै मर्ने भो त ? यस्तो परम्परा बसाल्ने हो भने राष्ट्रपतिलाई मन नपर्ने कानुन संसदले बनाउन नै नसक्ने स्थिति पैदा भएर लोकतन्त्रकै ज्यान जाने अवस्था बन्न सक्ने सम्भावनाको जन्म हुदैन

Comment


Related News

Latest News

Trending News