अपडेट 
२०८० बैशाख ३१, आईतवार ०८:५३

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलिदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न भोलि जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रुपमा लागू हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि प्राधिकरणको वेबसाइट (एमडीएमएस डट एनटीए डट जीओभी डट एनपी ) मा जानुपर्नेछ ।

नेपाल भित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । यसअघि नै लागू हुने भनिएको यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडीएमएस लागू हुन लागेको हो ।

 

Comment


Related News

Latest News

Trending News