अपडेट 
२०८० बैशाख ३१, आईतवार १६:१०

राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था रहेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार नआइसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो ।

राष्ट्रपति पौडेलले संक्षिप्त रूपमा नीति तथा कार्यक्रम पढेपछि बाँकी प्रधानमन्त्रीले पढ्ने सहमति भएको जनाइएको छ । जेठ ३ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ ।

Comment


Related News

Latest News

Trending News