अपडेट 
२०८० जेष्ठ १, सोमबार ०७:३६

जनकपुरधाम उपमहानगरपालिकाले शुरु गरेको संस्थागत विद्यालयहरुको अनुगमनका क्रममा आइतबार दुई वटा विद्यालय मापदण्ड विपरीत संचालन भएको पाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१ अर्पण पब्लिक स्कुलको नामबाट अनुमति लिइ वडा नम्बर ७ मा अर्कै नामले संचालनमा रहेको पाइएको छ । कक्षा १ देखि ४ सम्म अर्पण नामबाट अनुमति लिइ लिङकन सिटी स्कुलको नामले कक्षा आठ सम्म सञ्चालन हुँदै आएको अनुगमन समितिले जनाएको छ । यस विद्यालयलाई शिक्षा ऐन २०२८ , नियमावली २०५९ तथा नगर शिक्षा ऐन बमोजिम सो नाउँबाट संचालन नगर्न निर्देशन दिएको नगर उपप्रमुख किशोरी साहले जानकारी दिए । उनकाअनुसार जनकपुरधाम– ८ मा संचालित ग्रीन उड पब्लिक स्कुलको नाममा अनुमति प्रदान नभएको र कक्षा एक देखि ८ सम्म संचालनमा रहेको पाइएको छ । सो नामको विद्यालय दर्तामै नरहेको पाइएको छ । यस विद्यालयलाई तत्काल बन्द गर्न निर्देशन दिइएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेले जानकारी दिइन् ।

यसअघि अनुगमनबाटै आधा दर्जन विद्यालय बिना दर्ता तथा अनुमति पाएका भन्दा बढी कक्षा सम्म संचालनमा रहेको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिइए पनि केही विद्यालय संचालनमा रहेको छ । उपप्रमुख किशोरी साहको अगुवाईमा भएको सो अनुगमनमा नगर शिक्षा समितिका सदस्यद्वय रवीन्द्र कुमार चौधरी, राजेन्द्र पंजियार संस्थापक विद्यालय संरक्षण समितिका सहसंयोजक सुजित मिश्र,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक वीरेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News