अपडेट 
२०८० जेष्ठ १, सोमबार ०७:४५

धनुषामा रवि लामिक्षाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन विस्तारमा सक्रिय भएका छन् । धमाधम पार्टीले नगर कमिटि र विभागको जिम्मेवारी बाँडफाँट गरिरहेका छन् ।

जनकपुरधाम उपमहानगरबाट सुरु भएको संगठन विस्तार हाल सम्म धनुषाको चार वटा पालिकामा गरिसकेको रास्वपाका धनुषा जिल्ला संयोजक डा. जय प्रकाश महतोले जानकारी दिए । उनका अनुसार आइतबार पनि दुई पालिकामा नगर स्त्तरीय समिति बनाइएको छ । मिथिला र क्षिरेश्वरनाथमा नगर कमिटि गठन र विभागको जिम्मेवारी सर्वसहमतीले चयन गरिएको उनले बताए ।

मिथिला नगरपालिकामा नगर सभापतिको जिम्मेवारी बलराम ठकुरलाई दिइएको छ । सोही समितिको उप सभापति पदमा सन्तोष पहाडी, कोषाध्यक्षमा हरि देव महतो रहेका छन् भने सदस्यहरुमा कृष्ण बहादुर मिजार, जीवन कुमार लामा र सिमा देवि पाठक छन् ।

सोही पालिकाको सरसफाइ तथा खाने पानि बिभागको जिम्मेवारी सुदर्शन कुमार प्यकुरेल, सूचना तथा गुनासो बिभाग भिम प्रसाद पहाडि, उद्योग बिभाग– बिरेन्द्र कुमर महतो र बिकास तथा निति निर्माण बिभागमा रुपेश कुमार दुबेलाई जिम्मेवारी दिइएको छ ।

यस कार्यक्रममा रास्वपा केन्द्रीय संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटि, सांसद असोक चौधरी, मदेश प्रदेश सभापति तपेस्वोर यादव, मदेश प्रदेश महामन्त्री मनिष साह र धनुषाका सह समयोजक ई. संजय यादवसमेतको उपस्थिति रहेको थियो ।

यस्तै, रास्वपाले क्षिरेश्वरनाथमा पनि सात सदस्यीय नगर समिति गठन गरेको छ । समितिको सभापति पदमा संतोष प्रसद काफ्ले, उपसभापतिमा अनिल कुमार यादव, सचिवमा विजय कुमार राम, कोषाध्यक्षमा सुधिर कुमार राम, सदस्यहरुमा महादेव यादव,इन्दु देवी साह र रामप्रमोद यादव रहेका छन् । यस पालिकामा पनि तीन वटा विभागको जिम्मेवारी दिइएको छ । शिक्षा विभागमा विष्णु कुमार श्रेष्ठ, श्रममा संजय साह र कृषि विभागको जिम्मेवारी रामगोविन्द मण्डललाई दिइएको छ ।

Comment


Related News

Latest News

Trending News