अपडेट 
२०८० जेष्ठ १, सोमबार ०७:५१

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले रायमाझीलाई काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो ।

उनी विरुद्ध जिल्ला अदालत काठमाडौँले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थिए । सोही प्रकरणमा प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

Comment


Related News

Latest News

Trending News