अपडेट 
२०८० जेष्ठ १, सोमबार १९:३७

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ९१ जनाकाे नमुना परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २२ जना काेराेना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय १२ जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये नाै जना आइसाेलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै २४ घण्टामा ४८ हजार एक सय २० जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News