अपडेट 
२०८० जेष्ठ २, मंगलवार १७:०९

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी एक हजार एक सय तीन जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २४ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये १० जना आइसाेलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै २४ घण्टामा २० हजार नाै सय तीन जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News