अपडेट 
२०८० जेष्ठ ३, बुधबार ०७:१४

मंगलबार मधेश प्रदेशको प्रदेशसभा बैठक अलमलमै सञ्चालन भएको छ । बैठक सञ्चालनको जिम्मेवारी पाएका सभामुख र उपसभामुख संसदीय विधि बारे अनभिज्ञ देखिए ।

सभामुख र उपसभामुख दुबै जनाले आलोपालो गरी बैठक सञ्चालन गरेका थिए । तर दुबै जना बैठक सञ्चालनमा पटकपटक गल्ती गरेका थिए । सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई बोल्न समय दिएका थिए । त्यसलगत्तै उनले विशेष समय प्रारम्भ भएको घोषणा गरी विशेष समयमा बोल्न चाहने सांसदहरुलाई समय दिएका थिए । विशेष समयमा समसमायिक विषयमा बोल्नुपर्ने हुन्छ । तर सांसदहरु समसमायिक विषयमा आफ्नो विचार राख्दा सभामुख मण्डलले ध्यानाकर्षण गराउँदै खेलकुद विधेयकमै बोल्न आग्रह गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद बच्चा राउत अहिर विशेष समयमा रहेको हुनाले समसमायिक विषयमा आफ् ना धारणा राखे । गत वर्षको भुक्तानी हुन बाँकी रहेको बक्यौता सम्वन्धमै उनले बढी समय खर्चेका थिए । तर उनलाई सभामुख मण्डलले ध्यानाकर्षण गराउँदै विधेयकमाथि बोल्न आग्रह गरेका थिए । उनको समय सकिएपछि सभामुख मण्डलले जनमत पार्टीका सांसद चन्दन कुमार सिंहलाई बोल्न समय दिए । तर सांसद सिंह बोल्नुभन्दा पहिले सभामुख मण्डलले भने,‘ माननीय सदस्यहरु यो खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी छलफल छ ।

Comment


Related News

Latest News

Trending News