अपडेट 
२०८० जेष्ठ ४, बिहीबार ०७:४५

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले यसपटक आगामी वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाकृत नै आउने बताएका छन् ।

अर्थ मन्त्रालयद्धारा बुधबार महोत्तरीको बर्दिबासमा आयेजित आर्थिक वर्ष ०८०/८१ पूर्व बजेट सम्बन्धी विज्ञ एवम् सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका छन् । ‘आगामी आर्थिक वर्षको बजेट जनताले चाहेको र अपेक्षा गरेकै हिसाबले आउनेछ,सोही अनुरुप नीति तथा कार्यक्रम पनि तयारी भइरहेकोछ।’,उनले भने । उनले आम जनताको थुपै्र अपेक्षाहरु रहेको बताउँदै उनले भने,‘जनताले आम विषय ठिक भइदियो भन्ने चाहेका छन्, हामीले जनताले चाहेका कुरा नै पूरा गर्नुपर्छ ।’ प्रदेशको जनताको प्राथमिकीरणलाई मध्यनजर गरेर नै बजेट ल्याउने पर्ने हाम्रो उत्तरदायित्व रहेको बताए । सीमित स्रोत साधनका बाबजुद पनि हामीमाथि धेरै नै अपेक्षा रहेको भन्दै उनले यसवर्षको प्रदेशको बजेटमा जनतालाई मुख्य प्राथमिकतामा राखिने जिकिर गरे । आगामी आ.व.को बजेट निर्माणको काम शुरु भइसकेको र सरकारले नीतिगत फड्कोलाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने उल्लेख गरे । यसपटकको प्रदेश सरकारको बजेट मधेश प्रदेशका वडा वडाको जनताले देखिने गरी ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा सहभागी सासंद र प्रतिनिधिहरुले बजेटमा अनावश्यक कुराहरु समेटिनु भन्दा पनि खर्च दर बढाउन सुझाव दिएका थिए । साथै, पछिल्लो समय भुक्तानीका विषयहरु विवादित बन्दै गएको भन्दै सहभागीहरुले त्यसलाई व्यवस्थित गर्न सुझाए दिए । कार्यक्रममा मधेश प्रदेशका सांसदहरु, मधेश प्रदेश मातहत निकायका पदाधिकारी र नीति आयोगका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News