अपडेट 
२०८० जेष्ठ ६, शनिबार ०७:४६

झुटो विवरण पेश गरी नेपाली नागरिकता दिएको प्रकरणमा जोडिएका प्रशासकीय अधिकृत किशोर कुमार राम शुक्रबार ५० हजार धरौटी बुझाएर पक्राउबाट जोगिएका छन् ।

उनीसहित सो प्रकरणमा २६ जना विरुद्ध अदालतले गत बैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो । राम स्वयम् अदालतमा हाजिर भएपछि भएको थुनछेक बहस पश्चात न्यायाधीश हरिशचन्द्र इंङ्गनामको इजलासले ५० हजारको धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ । योसँगै उक्त प्रकरणका ५ जना आरोपि धरौटी बुझाएर हालसम्म मुक्त भएका छन् भने २१ जना अझै फरार छन् ।

२०७९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सूर्यनारायण यादवको छोरा सतीश यादवको नेपाली नागरिकता जारी भएकोमा सतीश यादव सूर्यनारायण यादवको छोरा नभएको र झुटो विवरण पेश गरी नागरिकता दिइएको भन्दै दर्ता भएको अभियोग पत्रमा अधिकृत रामसमेत प्रतिवादी रहेका छन् । नागरिकता जारी भएका बेला प्रशासकीय अधिकृत राम जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत थिए । हाल उनी विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा वहाल छन् । उनी केही दिनअघि मात्र विष्णुपुर गाउँपालिकामा सरुवा भइ सो जिम्मेवारी प्राप्त गरेका छन् । उनले यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा अनाहकमा आफ्नो नाम जोडिएको दाबी गर्दै आएका छन् ।

अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार उक्त प्रकरणका आरोपि २६ जना मध्ये राजविराज नगरपालिका ११ का वडा अध्यक्ष उदितनारायण यादव, झुटो विवरण पेश गरी नागरिकता लिएका सतीश र उनका बुवा दाबी गरिएका सूर्यनारायण यादव जनही १÷१ लाख तथा स्थानीयवासी राधेश्याम यादव २५ हजार धरौटी बुझाएर रिहा भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News