अपडेट 
२०८० जेष्ठ ७, आईतवार ०६:४१

जितपुर सिमरा उपमहानगरपालिका – २० मा रहेको विक्रम आधारभूत विद्यालय वस्तीपुरमा शिक्षक छनोट प्रक्रियालाई लिएर विद्यालयमा भएको तोडफोडको आरोप प्रत्यारोप शुरु भएको छ ।

प्रा.बि राहतमा लिखित , मौखिक परीक्षामा उत्तीर्ण भइ शिक्षकाका लागि छनोट भइसकेकी अजिता यादवको नियुतिm प्रक्रियामा प्रअ गुडी शर्माले असन्तुष्टि जनाएपछि विवाद शुरु भएको छ । परीक्षामा पास भएकी भनिएकी अजिताको रिजल्ट ननिकाल्न प्रअ गुडीको श्रीमानले गुडीलाई सहीछाप नगर्न दबाब सृजना गरी विद्यालयमा केही व्यतिmहरुलाई ल्याइ पुरानो फर्निचरहरु तोडफोड गर्न लगाइ कागजातहरु उनीहरुले आफनै लगेको अजिताको श्रीमान चन्द्रमोहन यादवको आरोप रहेको छ । बैसाख २० गते पत्रिकाका बिज्ञापन निकालिएको थियो भने २१ जनाले फर्म भरेको भए पनि २० जनाले मात्र परीक्षामा सहभागी भएको थियो । २४ गते एक घण्टाको अब्जेक्टिभ परीक्षामा ७ जना उत्तीर्ण भएको थियो ।

३ घण्टाको लिखित परीक्षामा सो मध्ये ३ जना मात्र उत्तीर्ण भए । जसमा मेरी श्रीमतीको नाम एक नम्बरमा प्रकाशित भएको थियो चन्द्रमोहनले बताए । मौखिक परीक्षामा पनि मेरी श्रीमती अजिता एक नम्बरमा नै नाम निकाल्न सफल भएको थियो । विद्यालयमा कुनै प्रकारको झै–झग्डा नै नभएको भए पनि ३ जना विद्यार्थीलाई नक्कली बिरामी बनाइ वीरगञ्ज स्थित रहेको ब्योधा अस्पतालमा नाटकीय रुपमा भर्ना गराइ कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिमरामा आफूसहित केही ब्यतिmहरु माथि निवेदन दिइ शिक्षक छनोट प्रक्रियालाई निस्तेज पार्न खोजेको यादवको कथन छ । बिरामी भनिएका विद्यार्थीहरुलाई १७ सयको औषधि, कुर्न गएका कुरुवाहरुको १७ हजारको खाजा खाएको खर्च विवरणले पनि प्रष्ट हुन्छ कि बालकहरु घाइते नभइ तिनीहरुलाई नक्कली बिरामी बनाएको छ यादवले भने ।

प्रा.बि राहतको सूचना निकाल्नका लागि नक्कली प्रअले मसंग रु ४ हजार रुपैया मागेपछि मैले लक्ष्मी विकास बैंकको खाता नम्बर ०२ ९१०४००५३७३५४०००००१ बाट सो पैसा दिएको बताउदै लिखित , मौखिक परीक्षमा श्रीमती अजिता नाम निकालेपछि हेमन्त शर्माले रु ४ लाख रुपैया घुस मागेपछि आफूले सो रमक दिन नमानेपछि सम्पन्न भइसकेको परीक्षालाई अन्योलमा पार्नका लागि यस्तो हर्कत गरेको चन्द्रमोहनले भने । मलाई पटक पटक बिभिन्न बहनामा हेमन्तले पैसा माँग गरेपनि मैले उनको कुरा नसुनेपछि यस्तो कुराको सृजना गरिएको हो । यस विषयमा प्रअ गुडी शर्मासंग बुभ्mदा म र मेरो श्रीमान ४ लाख रुपैयाँ अजिताको श्रीमानसंग नमागेको भन्दै रु ४ हजार रुपैयाँ श्रीमान हेमन्तको खातामा आएको स्वीकार उनले गरिन ।

लिखित,अब्जेकटिभ र मौखिक परीक्षामा विज्ञबाट अजितालाई बढी नम्बर प्राप्त भइ पास भएको स्वीकार गर्दे मौखिक परीक्षमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले बढी अंक दिएकोमा प्रअ गुडीले असन्तुष्टि जनाइन ।

Comment


Related News

Latest News

Trending News