अपडेट 
२०८० जेष्ठ ७, आईतवार १५:४८

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोजिएमा प्रहरीले ३२ जनालाई अभियुक्त बनाएको छ । उनीहरूमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गर्दै सकेसम्म आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने  तयारी प्रहरीको रहेको छ ।

यस घटनामा पहिलो पक्राउ गरिएको आज ५७ औँ दिन हो । सरकारी वकिल कार्यालयले ६० औँ दिन अर्थात् बुधवारसम्ममा अदालतमा अभियोग पत्र दायर गरिसक्नुपर्ने हुन्छ ।

यस प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् भने थप १६ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ । फरार रहेकारूमा रामबहादुर थापा बादलका छोरा प्रतीक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका उच्च तहका अभियुक्त रहेका छन् । घटनामा १०६ जनाले आफूहरूलाई पीडितका रूपमा प्रस्तुत गरेका छन् ।

प्रहरीले आरोपीहरूमाथि चार वटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरूलाई ठगी, सरकारी कागजात किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको हो । तत्कालीन समयमा सार्वजनिक पद धारण गरेकाहरूको हकमा अख्तियारलाई पत्र लेख्ने  तयारी रहेको छ । अन्यको हकमा सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरिनेछ । प्रहरीले ३२ जना आरोपीबाट २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ बिगो दाबी गर्न सिफारिस गरेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News