अपडेट 
२०८० जेष्ठ ८, सोमबार १४:२७

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको छ ।

सोमबार प्रहरीको अनुसन्धान अधिकृतले सरकारी वकील कार्यालयमा पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको प्रतिवेदन बुझाएको हो । प्रहरीबाट अनुसन्धान सकेर मुद्धाको फाइल प्राप्त भएको जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेले जानकारी दिनुभयो ।

अनुसन्धानमा देखिएको आधार प्रमाण लगाएतका बिषयका विश्लेषण गर्ने र ज्येष्ठ १० गतेअघि नै अदालतमा जाने उहाले बताउनुभयो । संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सक्ने अवस्था रहेको र अन्य बिषयमा अनुसन्धानपछि निर्णय गरिने नेउपानेले जानकारी दिनुभयो ।

शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ भने उनीहरुबाट २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोप बहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे लगाएत १६ जनालाई पक्राउ गरि अनुसन्धान गरेको थियो ।

Comment


Related News

Latest News

Trending News